arrow

माओवादी वडा अध्यक्षद्धारा गोरखामा काँग्रेसका उम्मेद्वार दवाडीको प्रचार

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
gorkha-nc-vote-maoist.jpg

सुलिकोट(गोरखा) । नेकपा माओवादी केन्द्र सुलिकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भीम गुरुङ (कालु) ले नेपाली काँग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीलाई भोट मागेका छन्। 

काँग्रेसको सुलिकोट वडा नं ४ रनचोकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसको पक्षमा मतदान गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।  

उनले काँग्रेसले मात्र गोरखाको विकास सम्भव हुने भन्दै काँग्रेसका युवा नेता दवाडीलाई मतदान गर्न सबैलाई आग्रह गरे । 

नेता दवाडीलाई  गैर काँग्रेसले समेत शालिन, भद्र तथा युवा नेताका रुपमा लिन्छन् । 

उनले त्यस क्षेत्रको विकासका लागि व्यक्तिगत रुपमा धेरै काम गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ