arrow

प्रदेश ७ बाट यस्तो आह्वान : सूदूर पश्चिमको अठोट, काँग्रेसलाई नै भोट

logo
हाम्रा कुरा
प्रकाशित २०७४ मंसिर ६ बुधबार
deuba4.JPG

काठमाडौं । कार्यकर्ताहरुले प्रधानन्त्री शेरबहादुर देउवाको गृहजिल्ला रहेको प्रदेश ७ मा काँग्रेसलाई नै पहिलो बनाउने अठोट गरेका छन् ।

उनीहरुले प्रधामन्त्री शेरबहादुर देउवाले विगतमा गरेका काम विवरण र अब गर्ने कामको संकल्पलाई मतदाताको घर–घरमा पुर्‍याईरहेका छन् ।

प्रधानमन्त्री देउवाको चुनावी अभियानका क्रममा उर्लिएको जनसागरको भिडियो राखेर प्रधानमन्त्रीको मिडिया टीमले काँग्रेसका लागि तयार गरेको भिडियोमा सुदूरपश्चिमको दूरदराजका मतदाताले बुझ्ने गरी डोटेली भाषामा पार्टी तथा प्रधानमन्त्रीका प्रतिवद्धता र कामहरुको सामग्री उल्लेख गरिएको छ ।

दुई मिनेटको उक्त सामग्रीमा सुदूर पश्चिममा प्रधानमन्त्री शेरबहादुर देउवाको अभियानका विभिन्न झलकहरु राखिएका छन् । १४ वटा आमसभा भएको भिडियोमा भनिएको छ । पृष्ठभूमिमा डोटेली भाषाको देउडा राखिएको छ ।

डडेल्धुरा, बैतडी, बाजुरा, दार्चुलाको चुनावी सभाका झलकहरु राखिएको भिडियोमा देउवाका योगदानहरु सम्झेर सुदूरपश्चिमेलीहरु उर्लिएको उल्लेख छ । राजमार्गमा पुलैपुल, डेडेल्धुराका सबै गाउँमा सडक, सदूरपश्चिमभरी विजुली– खानेपानी, विद्यालय र अस्पतालमा देउवाकै योगदान रहेकाे भनिएको छ ।

२५ वर्षमा सुदूरपश्चिमको मुहार फेरिएको पनि भिडियोमा उल्लेख गरिएको छ । अबको लक्ष्यको रुपमा पञ्चेश्वर, पश्चिम सेती, रुपाल–तामेली सडक निर्माण, पोखरा बेला सडकको स्तरोन्नती, उग्रतारा–मेलौली सडक कालोपत्रे पर्यटन, उद्योग र रोजगारीलाई लिइएको छ । प्रदेश ७ मा काँग्रेसकै सरकार हुने दावी पनि गरिएको छ । भिडियोको अन्तिममा सूदूर पश्चिमको अठोट, काँग्रेसलाई नै भोट भन्ने नारा दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ