arrow

कास्कीका काँग्रेस उमेद्वारहरु कहाँ कहाँ? भन्छन जीतको माहौल आइरहेको छ

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
guru-baral-election-campaign.jpg

पोखरा । यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसले मैदानमा उतोरका उम्मेद्वारहरु आफ्नो पक्षमा भोट माग्दै मतदाताको घरदैलोमा पुगेको छन् । 

लोकतन्त्रको रक्षासहित सम्बृद्धिको नारा लिएर मतदातासामु पुगेका काँग्रेसका उम्मेद्वारहरु मतदाताले यसपटक न्याय गर्नेमा निश्चिन्त देखिएका छन् ।

कास्की क्षेत्र नम्बर १ मा कानुनमन्त्रीसमेत रहनुभएका काँग्रेस नेता यज्ञबहादुर थापा प्रदेश सभा र समानुपातिक तर्फका उम्मेदवारहरुको टोली लिएर मतमाग्न निस्केका छन् । 

मन्त्री थापा , क्षेत्र नं १ को प्रदेश ‘ख’ का उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ सहितको टोली काँग्रेसको पक्षमा भोट माग्दै मादी गाउँपालिकाको विभिन्न वडाहरुमा पुगेर बुधबार पोखरा फर्केको छ । 

बुधबार फर्केको टोलीको विहिबारदेखि पोखरा लेखनाथ महानगरपालिकामा पर्ने विभिन्न वडाहरुमा घरदैलो गर्ने कार्यक्रम रहेको छ । 

प्रचारको क्रममा जनताको घरदैलोमा पुगेका थापाले  कांग्रेसप्रति मतदाताको असिम विश्वास र सद्भाव रहेको सुनाए । 

अघिल्लो पटक पनि त्यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गराएको स्मरण गराउदै उनले भने ‘जनमत काँग्रेसकै पक्षमा छ । र, जनताले सम्बृद्धिको अभियान काँग्रेसले मात्र पूरा गर्न सक्ने विश्वास गरेका छन् ।’ 

त्यस्तै प्रदेश ‘ख’ तर्फका उम्मेदवार कृष्ण केसीले पनि जनलहर काँग्रेसको पक्षमा रहेको बताए । 

‘हामी कास्की क्षेत्र नम्बर १ मा पर्ने मादी गाउँपालिकाका सम्पूर्ण गाऊँहरुमा घरदैलो कार्यक्रममा सरिक भयौँ । र, त्यहाँका जनताबाट निकै माया पनि पायौँ ।’ 

उनले केहि सम्बृद्धिको आशासहित मतदाताले काँग्रेसलाई जिताउने वचन दिएको बताए ।

त्यस्तै समानुपातिक तर्फकी उम्मेदवार रसकुमारी गुरुङले पनि काँग्रेसको पक्षमा जनलहर उर्लेको बताइन् । 

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य  तथा प्रदेश ‘क’ तर्फका उम्मेदवार जीवन परियारले आफू प्रदेश (क)को क्षेत्रमा पर्ने सम्पूर्ण वडाहरुमा घरदैलो अभियानमा सरिक रहेको जानकारी दिए । 

कास्की क्षेत्र नम्बर २ प्रदेश  ‘क’ तर्फका उम्मेदवार गुरुप्रसाद बराल भरतपोखरीलाई केन्द्र बनाएर अहिले चुनावी प्रचारमा जुटेका छन्।  

भरतपोखरी क्षेत्रका सबै वस्तीहरुमा मतदाताहरुको घरघरमा पुगेर उनले नेपाली काँग्रेसको पक्षमा मत मागिरहेका छन् ।

उनले निर्वाचित भएपछि आफ्नो सम्पूर्ण सामर्थ्य त्यस क्षेत्रको विकास र निर्माणमा लगाउने प्रतिबद्धता नाएको उल्लेख गर्दै भरतपोखरीबासीले काँग्रेसको पक्षमा मत दिने विश्वास व्यक्त गरे।

बराल ग्रामिण भगमा मत माग्न व्यस्त रहँदा शहरी भेगमा भने उनको मत रोवोर्टले पनि मागिरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ