arrow

गगन थापाको पालामा स्विकृत बागलुङका २ प्राथमिक अस्पताल बन्ने प्रक्रिया शुरु

११ वटा नयाँ स्वास्थ्य चौकी भवन निर्माण हुने

logo
नारायण रिजाल,
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
primary-hospital-drawing.jpg

बागलुङ। बागलुङमा यस वर्ष पैयुँपाटा र ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल सहित ११ वटा नयाँ स्वास्थ्य चौकी भवन निर्माण हुने भएका छन । 

शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख प्रकाश अर्यालका अनुसार जिल्लाको भिमगिठे, दगातुन्डाँडा, मालिका, पैयुँथन्थाप, भिमपोखरा, अर्गल, अमुभुमी, दर्लिङ र नारायणस्थानमा स्वास्थ्य संस्थाको नयाँ भवन निर्माण भएको छ । 

पैयुँपाटा र ग्वालीचौरमा न्युनतम १५ शैयाको प्राथमिक अस्पताल निर्माण हुने बताईएको छ । 

अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी जिल्लामा ३७ वटा नयाँ स्वास्थ्य संस्थाको भवन निर्माण प्रक्रिया अगाडि बढेका छन । 

पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको कार्यकालमा थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलको पहलमा यस वर्ष बागलुङमा मात्रै ११ वटा नयाँ भवनको निमार्णको कार्यक्रम परेको छ । 

मन्त्रालयले सार्वजनिक गरेको सुचि अनुसार चालु आर्थिक वर्षमा भवन निर्माणका लागि छनोटमा परेका संस्थाका भवन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय अन्तर्गत निर्माण हुनेछन् । 

मन्त्रालयले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र सहित विभिन्न स्थानमा डाक्टर र नर्सको लागि आवास गृह समेत निर्माणको थालनी गरेको छ । 

नयाँ बन्न लागेका सबै स्वास्थ्य संस्थाका भवन एकिकृत डिजाईनको भवन निर्माण हुने बताईएको छ ।

यस वर्ष टाईप ‘सि’ र टाईप डि अन्तर्गतका स्वास्थ्य संस्था निर्माण हुने भएका छन । 

हाल भवन निर्माणका लागि अधिकाशं स्वास्थ्य संस्थामा आवश्यक जग्गा व्यवस्थापन भइसकेको र केहीमा व्यवस्थापन हुन बाकी रहेता पनि त्यसलाई छिट्टै व्यस्थापन हुने जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए । 

त्यसै गरी गत वर्ष पनि जिल्लामा २६ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लागि कार्यक्रम परेको डिभिजन प्रमुख प्रकाश अर्यालले बताए । 

अर्यालका अनुसार  हटिया, सिगाना, बोङगादोभान र लेखानी  गरी ४ वटा भवन निर्माणको अन्तिम चरणमा रहेका छन । 

त्यस्तै अर्जेवा, हिल, पाण्डवखानी, बोबाङ, भकुण्डे, अमलाचौर, रायडाँडा र दमेक गरी ८ वटामा निर्माण कार्य भै रहेको छ । 

हिलमा भने केही प्राविधिक समस्याका कारण केही समयलाई रोकिएको डिभिजन प्रमुख अर्याले बताए ।

पश्चिम देविस्थान र खुङगामा जग्गा व्यवस्थापन हुन नसकेको कारण भने कुनै प्रक्रियामा अगाडि बढन सकेको छैन । 

त्यसैगरी ताराखोला, निसी राजकुट र जलजला गरी ४ वटा स्वास्थ्य संस्थाको भने टेण्डर प्रक्रिया अगाडि बढेको सम्झौता हुन मात्र बाँकी रहेको छ । 

४ वटा स्वास्थ्य संस्थाको टेण्डर प्रक्रियामा रहेको छ ।  अमरभुमी, सुखौरा तित्याङ  छिस्ती र पाला गरी ५ वटामा सबै प्रक्रिया अगाडि बढी काम सुरु गर्ने लागेको कार्यालयले जनाएको छ । 

त्यसैगरी हुग्दिशिर स्वास्थ्य चौकीको काम सम्पन्न भनी पत्र आई सके पनि हस्तान्तरण भने हुन सकेको छैन । 

बागलुङमा स्वास्थ्य संस्थाका भवन मात्र नभएर स्वास्थ्यकर्मिका लागि आवास गृह पनि निर्माण प्रक्रियामा रहेका छन । 

कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा १२ परिवारको आवस गृह निर्माण प्रक्रियामा रहेको छ । 

बुर्तिबाङ अस्पताल बुर्तिबाङमा बि व्लक,को काम पनि तिब्र पारिएको शहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ