arrow

प्रकाशको मृत्यु चुनावी एजेण्डा हो त कमरेड प्रचण्ड?

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
prakash-dahal1.jpg

काठमाडौं । कम्युनिष्ट पार्टीका नेताहरूमा समवेदना हुँदैन भन्ने कुराको पुष्टि अहिले आएर भएको छ । 

१७ हजार नेपालीको हत्यापछि शान्तिपूर्ण राजनीतिमा आएको माओवादी केन्द्रभित्रको समवेदनालाई अहिले आएर नेकपा एमालेले चुनाबी एजेण्डा बनाउन थालेको छ । 

पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पीडामा छन् । 

प्रचण्डको पीडालाई सबैले बुझेका छन् । तर, वाम गठबन्धनका अर्का नेता तथा एमालेका अध्यक्ष ओली भने प्रकाश दाहालको मृत्युलाई राजनीतिसँग साट्दै छन् ।

मानौ प्रकाशको मृत्यु नभएर यो हत्या हो। तर उनको मृत्युलाई हत्याको रुपमा हेरेको पनि देखिएन। हत्याको रुपमा हेरिन्थ्यो भने उनको पोष्टमार्टम पनि गरिएन। आखिर प्रकाशको स्वभाविक मृत्यु थियो भने किन चुनावी एजेण्डा बनाइएको छ। उनको आत्मालाई शान्तिपूर्ण रुपमा विदाइ गर्दा हुँदैन धेरैको मनमा उठेको प्रशन हो। 

चितवनमा मंगलबार भएको चुनावी सभामा ओलीले प्रचण्डले १५ हजारको मतअन्तरले जित्नुपर्छ भनेर सम्बोधन गरे । 

यूनाइटेड पोस्ट साप्ताहिक लेख्छ, प्रकाशको श्रद्धाञ्जली सभा भनिए पनि केपी ओली र बोल्ने अन्य नेताहरूको अभिव्यक्तिमा कुनै पनि श्रद्धाञ्जलीको भाव देखिदैन थियो । 

श्रद्धाञ्जलि सभा होइन कि चितवनमा मंगलबार एमाले र माओवादीले राखेको कार्यक्रम काँग्रेसलाई गाली गर्ने तथा प्रकाश दाहालको मृत्युसँग राजनीति गरेर आफ्ना उम्मेदवारलाई जिताउने अवसरका रुपमा लिइएको एक माओवादी नेताले बताए ।

प्रचण्ड पनि ओलीको उक्साहटमा लागेर छोरोको मृत्यु भएको दोस्रो दिन सबै परिवार (दोस्री बुहारी सिर्जना दाहाल त्रिपाठी)लाई बाहेक सबैलाई लिएर चितवन पुगे । 

पत्नी सीता दाहाल, वीना मगर, छोरीहरू सबैलाई लगेर पुगे । सीता दाहाल त भक्कानिएको स्विहरु पनि सार्वजनिक भए। 

ति तस्विरहरु सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रचण्डले गर्नै नहुने काम गरेको भनेर आलोचना हुन थालेको छ ।

पहिला त प्रचण्डले आफ्नो छोरा प्रकाशको आत्माले शान्ति पाओस् भनेर विधि र प्रक्रियाअनुसारका धार्मिक अनुष्ठानका काम गर्नुपर्ने हो । त्यो पनि गरेको देखिएन । 

बरु दुई दिनभित्र एमाले र केपी ओलीको राजनीति बुझेर पनि नबुझे झैँ गरेर चुनावी कार्यक्रममा जानुलाई माओवादीको धेरै मतदाताहरूले चित्त दुःखाएका छन् । 

अहिले पनि ओलीले प्रचण्डलाई प्रकाशको मृत्युसँग जोडर राजनीति गर्न थालेका छन् । ओलीले आफ्ना हरेक भाषण र अन्तर्वार्ताहरूमा प्रकाशको नाम लिने गरेका छन् ।

दासढुङगामा मारिएका एमालेका तत्कालिन महासचिव मदन भण्डारीको मृत्युलाई लिएर अहिलेसम्म राजनीति गर्दै आएका एमाले अध्यक्ष केपी ओलीको राजनीतिलाई धेरैले बुझे पनि प्रचण्डले नबुझेको देख्दा धेरै चकित पनि छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ