arrow

सहकारीबाटै समृद्धि गराउन चुनावमा होमिएकी काँग्रेस उम्मेदवार राज्यमन्त्री गुरुङ

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
sita-gurung.png

तेह्रथुम । म्याङलुङ्ग स्थित सरस्वती महिला बुहउदेश्यीय सहकारी संस्थाले भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङलाई सम्मान गरेको छ । 

नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा आसन्न निर्वाचनमा प्रतिनिधि सभाका लागि तेह्रथुमबाट प्रत्यक्ष उम्मेदवार समेत रहेकी राज्यमन्त्री गुरुङलाई सहकारीले जिल्लाबाट पहिलो पटक एउटी महिला राज्यमन्त्री बनेकी भन्दै सम्मान गरेको हो । 

गुरुङ जिल्लाका मुख्य दलबाट बहुदल स्थापना पछि सरकारमा प्रतिनिधित्व गर्ने एक्ली नेतृ हुनुहुन्छ । महिला मात्रै आवद्ध सहकारीले राज्यमन्त्री गुरुङलाई जितको लागि अग्रिम शुभकामना समेत दिएको छ ।

साथै महिलाहरुले जिल्लाका सबै महिलालाई आफ्नो मतको सदुपयोग गरी राज्यमन्त्री गुरुङलाई विजयी गराउन आग्रह गरेका छन् । 

सम्मानपछि कार्यक्रममा बोल्दै राज्यमन्त्री गुरुङले सहकारीबाट अवको समृद्धि सम्भव भएको बताइन् । 

उनले जिल्लाका महिलाको मूख्य समस्या भनेकै गरिबी र अशिक्षा भएको भन्दै त्यसको निदानका लागि सहकारी राम्रो माध्यम भएको धारणा राखिन् । 

सम्मान कार्यक्रम सरस्वती महिला बहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष उषा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ