arrow

एसेस टेष्ट सुरु, कुकलाई सुरुमै बिदाबारी

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
england-australia.JPG

ब्रिसबेन । अष्ट्रेलिया र इंगल्याण्ड बीचको एसेस टेष्ट क्रिकेट सुरु भएको छ । ब्रिसबेनमा सुरु भएको पहिलो टेष्टमा इंगल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको छ । 

तर अष्ट्रेलियन बलरले एलेस्टियर कुकलाई सुरुआतमै पभेलियनको बाटो देखाएका छन् । इंगल्याण्डले खातामा २ रन जोड्दा नै ओपनर कुक २ रन बनाएर बिदाबारी भए । 

मिचेल स्टार्चले कुकलाई बिदा गरेका हुन् । 

खेल वर्षाले भने रोकिएको छ । वर्षाले खेल रोकिनुअघि इंगल्याण्डले १ विकेटको नोक्सानीमा ५९ रन बनाएको छ । 

स्टोनम्यान २५ र भिन्स ३२ रनमा नटआउट छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ