arrow

मनाङगेको साइड इफेक्टः चामे गाउँपालिका अध्यक्षकै नेतृत्वमा काँग्रेस कार्यकर्तामाथि आक्रमण

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
dipak-manage.jpeg

मनाङ। मनाङको चामे गाउँपालिकाको अध्यक्ष लोकेन्द्र घलेको नेतृत्वमा रहेका एमाले कार्यकर्ताहरुले काँग्रेस कार्यकर्ताहरुलाई बुधवार राती आक्रमण गरेका छन्। 

मनाङको चामे गाउँपालिकाको कोटो भन्ने ठाउँमा घले नेतृत्वको समुहले आक्रमण गरेको पिडितहरुले जनाएका छन्। 

चामेबाट घर जाने क्रममा आफूहरुलाई एमालेका कार्यकर्ताहरुले बाइक तेर्स्याए बाटो रोकर एक्कासी आक्रमण गरेका थिए। 

आक्रमणमा परि काँग्रेस कार्यकर्ता छम बहादुर गुरुङ घाइते भएका छन्। 

उनको चामेस्थित जिल्ला अस्पतालमा उपचार भएको छ। 

गुरुङको टाउको र मुखमा ४ टाका लगाइएको छ।

जिल्लाको प्रसासन यो घटनासँगै अन्य घटनामा पनि मुकदर्शक भएको पिडितको आरोप छ।

प्रसासनलाई उजुरी गर्दा छलफलका लागि बोलाउने भनिए पनि दोषीलाई कार्वाही गर्नेबारेमा प्रसासनले कुनै तदारुकता नदेखाएको भन्दै पिडितहरुले गुनासो गरेका छन्। 

दिपक मनाङगे प्रदेश सभामा एमाले समर्थनमा उमेद्वार भएपछि जिल्लामा गुण्डागर्दी व्यापक बढेको स्थानियहरुको भनाइ छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ