arrow

मुक्तिनाथ अधिकारीका छोरा सुमन भन्छन् –मेरो बुबा मार्नेलाई किन भोट दिने ? 

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
1_(1).jpg

लमजुङ । माओवादीले चलाएको दश वर्षे शशस्त्र द्धन्द्धका क्रममा मारिएका निर्दोष शिक्षक मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले भने, ‘मेरो बुबा मार्नेलाई किन भोट दिने ?’ 

तत्कालिन माओवादीले दश वर्षे  जनयुद्धका क्रममा विस २०५८ साल माघ ३ गते संस्कृति माध्यामिक विद्यालय पाणिनीमा विज्ञान विषय पढाउँदै गरेको अवस्थामा अधिकारीलाई लिएर गएर उत्तिसको बोटमा झुण्डाएर मारेका थिए । 

पार्टीका लागि चन्दा माग्न आउँदा चन्दा नदिएपछि उत्तिसको बोटमा झुण्डाएर गोली हानेर मारिएको थियो । 

यस्तै द्धन्द्धका नाममा माओवादीले नेकपा एमालेका लमजुङ जिल्लाका तत्कालिन सचिवालय सदस्य, उदयीमान नेता तिलक पाण्डेको समेत हत्या गर्यो । 

उनलाई विस २०६१ माघ १६ गते हत्या गरिएको थियो । 

अधिकारी र पाण्डे केबल प्रतिनिधी पात्रमात्र हुन् । शशस्त्र द्धन्द्धका नाममा नेपाली काँग्रेस र नेकपा एमालेका झण्डै २०० मानिसहरु मारिए लमजुङमा । 

के यस्ता शहीदका छोरा र आफन्तले माओवादीलाई भोट देलान् त ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ