arrow

टेलिभिजनमा देखेका रामचन्द्र पौडेललाई घरमै देखेर दंग परे बन्दिपुरे 

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार

बन्दिपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल बन्दिपुर गाउँपालिका वडा नं २ को बजार क्षेत्रमाका मतदाताहरुको घरदैलोमा पुगे । 
 
नेपालकै सुन्दर पर्यटकीय स्थलका रुपमा अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाएको पहाडि रानी बन्दीपुरबासीको घरदैलोमा भोट माग्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले बन्दिपुर बजार क्षेत्रमा रहेको खानेपानी समस्या समाधानका लागि अब गुरु योजना थालिने बताए ।
 
तनहुँको पुरानो सदरमुकाम रहेको बन्दिपुरको फोहर मैला व्यवस्थापन र मौलिक घरहरु तथा पुरातात्तिक बस्तुहरुको संरक्षण लगायतका विषयमा आफू निकै गम्भिर रहेको उनले बताए ।
 
टेलिभिजनका पर्दामा मात्र देखिने बरिष्ठ नेता पौडेललाई आफ्नै घर आँगनामा मत माग्दै आएको देखेर स्थानीयहरु उत्साहित हुँदै फुलमालाले भव्य रुपमा स्वागत गरेका थिए ।
 
घरदैलो कार्यक्रमा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा (ख)का उम्मेदवार एवम् कांग्रेसका पूर्व जिल्ला सभापति रघुनाथ पौडेलले बन्दिपुरको विकास र यस क्षेत्रको संरक्षण तथा अन्तराष्ट्रिय स्तरसम्मको  प्रचारप्रचारको जिम्मा नेपाली कांग्रेसले लिने भएकाले कांग्रेसलाई मतदान गरी विजयी गराउन आग्रह गरे ।
 
उक्त घरदैलो कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, जिल्ला सचिव विश्व बाँस्तोला महाधिवेशन प्रतिनिधिहरु दिपक भट्टराई , श्याम मौरती, जिल्ला कोषाध्यक्ष रेशम गुरुङ्ग, नेपाली कांग्रेस बन्दिपुर गाउँपालिका संयोजक कर्ण खत्री लगायतको उपस्थिति रहेको थियो ।
 
बरिष्ठ नेता पौडेलले बुधबार नै लमजुङ्ग जिल्लाको सुन्दरबजार नगरपालिकामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ