arrow

नेपालगञ्जमा तस्करीका सामान बरामद

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
nepal-police.jpeg

नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर ठूलो परिमाणको कपडा र सुर्तीजन्य सामग्री बरामद गरेको छ । 

धेरैअघिदेखि  भन्सार छलेर ल्याइएका सामान भण्डारण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर सुटिङ सटिङका ब्राण्डेड कपडा, स्वीटर, ट्राउजर, हाइनेक, सेण्डो, मन्जन र सुर्तीजन्य पदार्थ गरी करिब रु १५ लाख बजार मूल्यका सामान बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण शाहीको नेतृत्वको प्रहरी टोलीले बुधबार नक्छेद गोडिया, सवारा काँदु, गोमती गोडिया र मीना काँदुको घरमा छापा मारे पनि उनीहरु फरार रहेको जनाएको छ । 

भन्सार छलेर तस्करी गरी ल्याइएका तस्कर र घरधनीलाई प्रहरीले खोजी गरिरहेको र बरामद सामान भन्सारलाई बुझाएर मुद्दा दर्ता गर्ने तयारी गरिहेको प्रहरी निरीक्षक शाहीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ