arrow

पत्नीको उपचारमा जान अनुमति माग्दै शरीफ विशेष अदालतमा

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
nawaj-sarif.jpeg

इश्लामावाद, पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उनमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन् ।  

शरीफ पत्नी कुलसुमलाई क्यान्सरको समस्या देखिएपछि विगत केही समयदेखि उपचारका लागि बेलायतमा रहँदै आएकी छन् ।

शरीफका वकीलले बुधबार इश्लामावादस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दाको सुनुवाईमा पूर्व प्रधानमन्त्री शरीफलाई अनुपश्थित रहन दिनका लागि गरेको अनुरोधलाई न्यायाधीस मोहम्मद बसीरले सुनेको तर यसबारे कुनै निर्णय नदिएको बताइएको छ । शरीफलाई विदेश जाने अनुमति दिनका लागि गरेको आग्रहलाई नोभेम्बर २८ सम्मका लागि अदालतले स्थगित गरेको उल्लेख गरिएको छ ।

पानामेली कानूनी फर्ममार्फत चुहिएको सूचनाका आधारमा शरीफ, उनकी छोरी र ज्वाँइलाई पदीय मर्यादा विपरित विदेशमा लगानी गरेको भनी भ्रष्टाचार आरोप लगाइएको थियो । भ्रष्टाचार आरोपपछि पाकिस्तानी एक अदालतले प्रधानमन्त्रीमा बस्न अयोग्य ठहर गरपछि पूर्वप्रधानमन्त्री शरीफ पदबाट हटेका थिए । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ