arrow

कम्युनिष्ट कार्यकर्ताले देखाए कायर व्यवहार, सुतेकै ठाउँमा रोपे छुरी तरवार   

जीउ र टाउकोभरि रोपियो छुरा

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
okhaldhunga-attack.jpg

ओखलढुङगा। ओखलढुङगास्थित विलन्दुमा कम्युनिष्ट कार्यकर्ताको सांघातिक आक्रमणमा घाइते भइ उद्धार गरिएकाहरुको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार शुरु भएको छ । 

घाइतेलाई विहान सवेरै हेलिकप्टरबाट काठमाडदं लगिएको जिल्ला प्रहरी प्रमुख अर्जुन तिमिल्सिनाले पुष्टी गरेका छन । 

बुधवार राति चम्पादेवी ९का वडा अध्यक्ष झम्कहरी बरालको नेतृत्वका बामगठबन्दनका कार्यकर्ता नेपाली काग्रेसका कार्यकर्तालाई आक्रमण गरि घाइते बनाएका थिए ।

घाइतेहरुको अवस्था गम्भिर भए पछि हेलिकप्टर मार्फत काठमाडौं लग्ने व्यवस्था मिलाएको निर्वतमान सासद रामहरी खतिवडाले बताए । चुनावको दिन नजिकिदै गर्दा भएका यस्ता कारयरतापूर्ण कार्यको उनले चत्सर्ना गर्दै दोषीलाई तत्काल कार्वाहीको माग गरेका छन्। 

मध्य रातमा घरमा सुतेको अवस्थामा नेपाली काग्रेसका वडा नं. ९ का उत्तम कार्की र दुर्गा श्रेष्ठलाई मार्ने उद्देश्यले छुरा र चुप्पीको प्रयोग गरी कुटपिट गरेका थिए।

घटना थाहा पाएका एक स्थानियले सबैलाई खबर गरेपछि उनिहरु भागेका थिए घाइतेहरुको गम्भिर भएपछि राति नै स्वास्थ्य चौकी प्रमुख मदन कार्कीले प्राथमिक उपचार गरेको थिए ।

वडा अध्यक्ष बराल, महेस सुनुवार लगायतका कम्युनिष्ट कार्यकर्ताले आक्रमण गरेकोले उनिहरुको खोजी भई रहेको र उनिहरुलाई कानुनको दायरमा ल्याउने प्रतिवद्धता प्रहरी प्रमुख तिमिल्सिनाले गरेका छन्। 

स्थानियहरुले भने अघिल्लो रात गाउँपालिका प्रमुख नवराज केसिको आक्रमणमा संग्लग्न उनिहरुलाई प्रशासनले उचित कारवाही नगरेका कारण प्रहरीको मिलोमतोमा फेरि आक्रमण भएको आरोप लगाएका छन् । 

घाइतेको टाउको लगायत शरिर भरी छुरा रोपिएको छ ।

Image may contain: one or more people



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ