arrow

कम्युनिष्ट गठबन्धनले मुलुकमा अतिवाद ल्याउन खोज्यो : मंसुर

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
mansooor.jpg

कलैया ।  श्रम तथा रोजगार मन्त्री एवम नेपाली कांग्रेसका बारा क्षेत्र नं. ३ प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले बाम गठबन्धनले मुलुकमा अतिवाद लादन खोजेको बताएका छन् ।

कलैया उपमहानगरपालिकाको वडा नं. १३ को बलिरामपुर, फुलवरियामा स्थानीयहरुसंग कुराकानी गर्दै मन्त्री मंसुरले कम्युनिष्ट गठबन्धले मुलुकमा जातीय सदभाव विगारी अतिवाद लादने काम गरेको छ । नेपाली कांग्रेसले हिमाल, पहाड, तराई मधेशका जनताहरु बिच पुलको काम गरी जातीय सदभावलाई जोडेको बताए ।

 उनले कम्युनिष्टहरुले अहिलेसम्म जनताहरुलाई दुःख दिदै आएको र कम्युनिष्टहरुको काम नै दुःख दिने मात्र रहेको बताए । गरिबको पार्टी भन्ने कम्युनिष्टहरुले गरिबको नाममा मात्र निमुखा जनताहरुलाई फकाएर दुःख दिने काम गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रले बनाएको कम्युनिष्ट गठबन्धले पटक पटक गरी प्रधानमन्त्रीको पदमा बसे तर जनताको सपना साकार गर्ने संविधान जारी गर्न सकेनन उनले भने ।

 संविधान निमार्णमा लाग्नुको साटो ढुकुटी सिद्धयाउने काम मात्र लागेको आम नेपाली जनताहरुलाई थाहा भएको कुरा हो । मन्त्री मंसुरले भने नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले आम नेपाली जनताहरुको सपना साकार गर्दै संविधान जारी गरी मुलुकलाई आर्थिक स्मृद्धिको बाटो तर्फ अग्रसर बनाएको बताए ।

 उनले संविधानमा मधेशी, मुस्लिम, आदिवासी, जनजाती, दलित, महिला, पिछडावर्ग लगायत हरेक समुदायको हक अधिकार सुनिश्चित गरेको छ । घरदैलो कार्यक्रममा मन्त्री मंसुर सहित क्षेत्र नं. ३ को २ का प्रदेश सभाका उम्मेदवार जयचन्द्र चौरसियाले स्थानीयको घर आंगनमा पुगी नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ