arrow

समग्र देश निर्माणको परिकल्पना कांग्रेसको नेतृत्वमा : विश्वप्रकाश शर्मा

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काँकरभिट्टा(झापा)। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले कांग्रेसको  नेतृत्वमा समग्र देश निर्माणको परिकल्पना नेपाली कांग्रेससँग भएको नेपाली कांग्रेस जस्तो सहिष्णु पार्टीले चुनाव जित्दा सबै नेपालीको जित हुने बताएका छन् ।
 
‘आज हामी गठबन्धनको नाममा विभाजित भएका छौँ’ शर्माले भने, ‘एक अर्कामा कित्ताकाट गरेर विभाजित हुँदा समग्र राष्ट्र निर्माणको परिकल्पना तयार हुन सकेको छैन । अबको १० वर्षमा देशको मुहार परिवर्तन गरेर मुलुकलाई समृद्ध बनाउन सबै दललाई एकै स्थानमा ल्याउन सक्ने मध्यमार्गी पार्टी कांग्रेस भएकोले कांग्रेसलाई जिताउनु आवश्यक भएको हो । ’
 
२०७० सालको संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग ६ सय ८९ मतले पराजित भएका शर्माले राजनीतिमा असल संस्कारको विकास गरेर मात्र देशले गति लिन सक्ने बताए ।
 
पार्टीका प्रखर बक्ता शर्माले २०७० सालको संविधानसभाको निर्वाचनमा मतदाताको मन थोरै मतले जित्न नसकेको उल्लेख गर्दै भने,“ संविधान बनाउने जिम्मेवारी नपाए पनि त्यसले मलाई तपाईहरुको समीपमा रहेर निरन्तर काम गर्ने अवसर दियो । यसपटक तपाईहरुको विश्वास पाउनेमा ढुक्क छु।”
 
कांग्रेस केन्द्रीय सदस्य शर्माले उच्च राजनीतिक संस्कारको पनि कुरा उठाउदै आएका छन् । , जसमा विपक्षीको सम्मान र निर्वाचनको विजय पराजयको सहर्ष स्वीकार सहित कार्यकर्ता र मतदाताहरुको आदर पनि समाविष्ट छन् ।
 
कार्यक्रममा प्रदेश सभा (क) का उम्मेदवार केशवराज पाण्डेले अब देशलाई आर्थिक विकासतर्फ अगाडी बढाउनु पर्ने बताए ।
 
प्रदेश सभा (ख) का उम्मेदवार अशोककुमार पोखरेलले राजनीतिमा शुद्धता नभएसम्म देशले गति लिन नसक्ने बताए ।
 
बुधवार क्षेत्र नम्बर १ अन्तर्गत रहेको काँकरभिट्टा, धुलावारी, साविकको ज्यामिरगढी, भद्रपुर, शान्तिनगरलगायतका क्षेत्रमा घरदैलो अभियानका साथै कोणसभामा सहभागि भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ