arrow

पाँचथरमा लोकतान्त्रिक गठवन्धनले चुनाव जित्ने निकाल्यो निष्कर्ष

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर ७ बिहिबार

पाँचथर । लोकतान्त्रिक गठवन्धनले पाँचथरको तुम्बेवा गाउँपालिका स्थित मौवा बजारमा बिहिबार चुनावी आमसभा सम्पन्न गरेको छ ।

 सभालाई सम्बोधन गर्दे वक्ताहरुले अव लोकतान्त्रिक गठवन्धनले पाँचथरमा चुनाव जित्ने निष्कर्ष निकालेको वताएका छन् । लोकतन्त्रलाई बचाउन पनि अहिलको परिस्थितमा आम जनताले मत दिने भएको हुँदा चुनाव जित्ने उनीहरुको निष्कर्ष छ ।
 
यस्तै कार्यक्रममा बोल्दै वक्ताहरुले लोकतान्त्रिक गठवन्धनका उम्मेदवारले मात्रै चुनाब जितेको खण्डमा अधुरा र अपूरा विकाश निर्माणको कार्य पूरा गर्ने वताएका थिए । राँके रवि, भेडेटारको कालोपत्रे गर्ने कार्य,तमोर जलाशयको कामलाई अघि वढाउने,तमोर करीडोरको सडकलाई अघि वढाउने वताएका थिए ।

कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य तथा लोकतान्त्रिक गठवन्धनका प्रतिनिधीसभाको उम्मेदवार भिष्मराज आङदेम्बे,कांग्रेसका नेता तुलसी सुब्बा, ख क्षेत्रका उम्मेदवार सुरेन्द्र कुमार दाहाल,राप्रपाका केन्द्रिय सदस्य तेज कुमार कुरुम्बाङ,नेपाली कांग्रेसका नेता तथा तुम्बेवा गाउँपालिका प्रमुख होमनाथ थापा,कांग्रेस जिल्ला सदस्य डेकेन्द्र तामाङ लगायतले वोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ