arrow

राजपाको घोषणापत्र : शहीद परिवारलाई ५० लाख, विहे गर्ने युवतीलाई मंगलसुत्र

खर्च सबै प्रदेश सरकारको

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
rajapa_news3.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले मधेश आन्दोलनमा सहादत दिएकाका  परिवारलाई ५०–५० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

महोत्तरीको जलेश्वरमा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा राजपाले मधेश आन्दोलनका सम्पूर्ण शहीदलाई प्रति परिवार ५०–५० लाख दिने घोषणा गरेको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै राजपा नेता राजेन्द्र महतोले दुई नम्बर प्रदेशमा राजपा–फोरम गठबन्धनको सरकार बन्ने जिकिर गर्दै मधेश प्रदेशको सरकारले शहीद परिवारलाई ५०–५० लाख दिने जानकारी दिए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको आह्वान गरेसँगै आन्दोलनमा सहादत दिने लाई ५०–५० लाख रुपैयाँ दिने विवादास्पद उद्घोष गर्दा निकै आलोचना भएको थियो ।
राजपाको चुनावी घोषणापत्रमा ५० लाख दिने कुरा उल्लेख नभएपनि दुई नम्बर प्रदेशमा आफ्नो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारले यो कम उपलब्ध गराउने नेता महतोले बताए ।
शहीद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, शहीद परिवारक बच्चाहरुको निःशुल्क अध्ययनको व्यवस्था गरिने, शहीद परिवारलाई स्वरोजगारको लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराउने पनि नेता महतोले सुनाए ।

विहे गर्ने युवतीलाई मंगलसुत्र, बच्चा जन्मनेवित्तिकै बैंक खातामा १० हजार राजपाको घोषणापत्रमा, ‘महिलाको लागि हरेक उच्च शिक्षा निशुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैंया अनुदान दिर्घकालीन मुद्धती खाता खोलि बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहितको एक मुस्ट रकम प्रयोग गर्न सक्नेछन्’ भनिएको छ ।

यस्तै, कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा यही वरावरको रकम प्रदान गर्ने समेत राजपाले प्रतिवद्धता जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ