arrow

चुनावपछि वामपन्थीकै सरकार बन्ने ओलीको ठोकुवा

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
KP-oli-naya-news.jpeg

दैलेख । एमाले अध्यक्ष केपी ओलीले आसन्न चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने ठोकुवा गरेका छन् ।

दैलेखको सदरमुकाममा विहिबार गठबन्धनले गरेको चुनावी आमसभामा ओलीले  चुनाव पछि वामपन्थीको स्थायी सरकार बन्ने ठोकुवा गरेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वामपन्थीको सरकार, देश र जनताका लागि अत्यावश्यक भइसकेको भन्दै नगारिकलाई अधिकार सम्पन्न र समृद्ध बनाउने उपाय नै यही भएको जिकिर गरे ।

उनले भने, ‘वामपन्थीहरुको सरकार बन्यो बन्यो, यसलाई कसैले रोक्न सक्दैन ।  अब छ महिने र ९ महिने सरकारका दिन गए ।’

ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने पनि बताए । उनले  चुनाव अगाडी नै एकता गर्ने योजना भएपनि समय अभावका कारण चुनावपछि बहुमतको सरकार निर्माणसँगै हुने बताए ।

ओलीले सरकारले सुरक्षामा ध्यान नदिएको आरोप समेत लगाएका छन् । उनले अहिलेको सरकारले चुनाव विरोधीहरुलाई नियन्त्रण गर्नुको साटो झन मनोबल बढाइरहेको आरोप समेत लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ