arrow

विकास र समृद्धिका लागि कांग्रेसलाई जिताउन केसीको अपील

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
Chandra_kc.jpg

जैसीथोक (गुल्मी)। नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभाका  उम्मेदवार चन्द्र के.सी.ले विगतमा जनताले चुनेर पठाएका एमालेका नेताहरुका कारण गुल्मीको विकास हुन नसकेको बताएका छन् । निर्वाचनको प्रचारप्रसारको क्रममा जिल्लाको जैसिथोक र वस्तुमा आयोजित आमसभामा उनले सो कुरा बताएका हुन् ।

उनले सो क्षेत्रको विकास र समृद्ध गुल्मीको लागि नेपाली काँग्रेसको नेतृत्व अपरिहार्य रहेको बताउदै निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन आग्रह गरे।

विगतमा अधिकांश चुनावमा जितेका ने.क.पा. एमालेका प्रतिनिधिहरुले पटकपटक मौका पाउदा पनि विकास यस पटक कांग्रेसलाई मौका दिन मतदातासंग अनुरोध पनि गरे।

कार्यक्रममा प्रदेश सभाका उम्मेदवार छन्द पहराइ , नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रे पूर्व सांसद रुद्रमणि भण्डारी, महाधिवेसन प्रतिनिधि एवम् चुनाव प्रचार प्रसार संयोजक महेन्द्र भण्डारी , ने.वि.सं केन्द्रिय सदस्य सुदर्शन खनाल लगायतले नेपाली कांग्रेसलाई विजयी बनाएर संविधान तथा लोकतन्त्रको रक्षा गर्दै जिल्लाको विकास गर्न मतदातासंग अपील गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा एमाले र माओवादी पार्टी परित्याग गरी १७ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ