arrow

मतदाताहरुसँग कांग्रेसको अपीलः ‘संविधान ल्यायौँ अब विकास र समृद्धि ल्याउछौ’

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
congress-dang.jpg

दाङ ।  आगमी मंसीर २१ गते हुने निर्वाचनकालागि कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवारहरु आफ्नो अपीलका साथमा घरदैलो गरिरहेका छन् । सो क्षेत्रबाट प्रतिनीधी सभा सदस्यका उम्मेदवार राजु खनाल, प्रदेश सभा १ का उम्मेदवार कमलकिशोर घिमीरे र प्रदेश सभा २ का उम्मेदवार भरतबहादुर न्यौपाने मतदाताहरुसँगको अपील सहित घरदैलोमा व्यस्त रहेका छन् ।  

‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अधियान’ भन्ने मूल नाराका साथ कांग्रेसकालागि मत माग्न उम्मेदवारहरु घर, टोल र गाँउमा पुग्ने गरेका छन् ।  उम्मेदवारहरुसँगै नेता एवं कार्यकर्ताहरुले घरदैलो गरिरहेको यस क्षेत्रका प्रचारप्रसार संयोजक भुपबहादुर डाँगीले जानकारी दिए ।

अपीलमा २०७० सालको निर्वाचनमा यस जिल्लाका मतदाताहरुले दाङका सबै क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारहरुलाई संविधान निर्माण गर्ने जिम्मेवारीका साथ जिताएर पठाएकोमा त्यो जिम्मेवारी पुरा गरेर अब फेरी गाँउघर, शहर, जिल्ला, प्रदेश र राष्ट्रको उन्नतिकालागि काम गर्ने उद्धेश्यकासाथ मत मागन आएकाले मत कांग्रेसको चुनाव चिह्नमा मत दिएर विजयी बनाउन अनुरोध गरिएको छ । केही दलहरुले तालमेलको नाममा जनतालाई झुक्याएर देशमा कम्यूनिष्ट वर्चश्वको सरकारका माध्यमबाट देशमा साम्यवाद स्थापना गर्न खोजेको भन्दै अपीलका माध्यमबाट गठबन्धनका योजनाकारहरुले संविधानका आधारभुत लोकतान्त्रीक मूल्य, पद्धति र शासन प्रणालीलाई संसोधन गर्दै एकदलिय अधिनायकवादी कम्यूनिष्ट शासन प्रणाली ल्याउन खोजको भन्दै सचेत रहन मतदाताहरुलाई अपील गरिएको छ ।

लोकतन्त्र रक्षासँगै समुन्नत नेपाल निर्माणकालागि कांग्रेसको नेतृत्व अपरिहार्य भएको उहाँहरुको अपील छ । ‘हामीलाई विदेशमा गएका युवाहरुलाई रोजगारका साथ फर्काउनुछ, हाम्रा छोराछोरीहरुलाई घरमै बसेर सुलभ र स्तरिय शिक्षा दिलाउनुछ, राम्रा कलेज विश्वविद्यालय, पुस्तकालय र सुविधासम्पन्न अस्पताल बनाउनुछ, व्यापार व्यवसाय बढाउनुछ, हराभरा पानीको स्रोतले भरिएको क्षेत्र र जिल्ला बनाउनुछ, हाम्रा संस्कृति भेषभुषा र धार्मीक स्थलको संरक्षण गर्नुछ, कृषीमा आधुनिकीकरण ल्याउनु छ’ अपीलमा भनिएको छ ।

दाङकालागि अग्रजहरुले निस्वार्थ काम गरेको भन्दै अब कांग्रेसले हाम्रा सन्ततीहरुकालागि आफू जन्मेको, खेलेको, हुर्केको यो जन्मभुमीलाई भव्य र सुन्दर बनाउन आवश्यक भएको भन्दै अब त्यसको जिम्मा कांग्रेसले लिने पनि अपीलमा उल्लेख गरिएको छ । ‘यस क्षेत्र वा दाङ हाम्रो भूमी हो, आफ्नो भूमीको हामीलाई माया लाग्छ यसलाई कसरी समृद्ध बनाउने चिन्ता हामीलाई छ, तर यो जमिन यो भूमीसँग माया नभएकाहरुले जनताहरुलाई सत्तामा पुग्नकालागि मात्र प्रयोग गर्छन् । विकास र उत्थानकालागि काम गर्न सक्दैनन्, त्यसैले यही भूमीको व्यक्ती छानेर यो क्षेत्रलाई शान्ति, विकास र समृद्धिमा अगाडी बढाउन कांग्रेसलाई मतदात गर्नुस्’ भनिएको छ ।

यसका साथै मुख्यतः आफुहरुको अर्जुनदृष्टी दाङलाई प्रादेशीक राजधानी बनाउने विषयमा केन्द्रित रहेको बताउदै यस जिल्लालाई कांग्रेसको राष्ट्रिय तथा जिल्लास्तरिय घोषणापत्रमा उल्लेख भएअनुरुप समृद्धि, शान्त र सभ्य बनाउने प्रतिवद्धता उम्मेदवारहरुले अपिलमा गरेका छन् । यस्तै लोकतन्त्रलाई बचाउनकालागी हिमाल, पहाड र तराईबीचमा विविध धर्म, जाति, भाषभाषीहरुकोबीचमा प्रेम र सद्भाव बढाएर राष्ट्रियतालाई बलियो बनाउन एवं देशको विकासकालागि कांग्रेसलाई मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई उम्मेदवारहरुले अपीलमा हार्दिकपूर्वह अनुरोध गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ