arrow

देउवाको गृहजिल्लामा ओलीको पहिलो भाषण, गाली गरेरै समय विताए

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
oli_dadeldhura.JPG

डडेल्धुरा । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर पहिलो पटक सार्वजनिक ठाउँमा भाषण गरेका छन् ।

यसअघि ओलीको डडेल्धुरा यात्रा पत्रकार भेटघाटसम्ममै सिमित रहयो ओलीले केही दिनअघि देउवाले भाषण गरेकै थलो बागबजार बसपार्कमा भाषण गरे ।

झम्के साँझ पर्ने बेलामा बोलेका ओलीले अधिकांश समय देउवाको आलोचना गर्नमै खर्चिए । डेडेल्लधुरा र सुदूपश्चिमका जनताका लागि उपयोगी खासै केही बोलेनन् । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा चार–चार पटक प्रधानमन्त्री बन्दा पनि देश र जनताका लागि सिन्को भाँच्न नसकेको आरोप लगाए ।

देउवाकै गृहथलोमा ओलीले कटाक्ष गर्दै भने, ‘कोही कोही मान्छे सात पटकसम्म प्रधानमन्त्री हुन्छु भन्दै हिँडेका छन् ।  त्यो पनि ज्योतिषीको भरमा परेर । चारपल्ट प्रधानमन्त्री भएकाले के गरेर देखाए ? एकपल्ट प्रधानमन्त्री हुने हामीले थोरै भएपनि जनताको मनमा छाप छाड्ने काम गरेका छौँ ।’

उनले गठबन्धन माओवादी उम्मेदवार खगराज भट्टलाई मत मागे । यस्तै, उनले प्रहरी प्रशासनलले कानुनको मर्यादा ख्याल गर्नु पर्नेम जोड दिए । ओलीले प्रहरी प्रशासनलाई चेतावनी पूर्णभाषामा मंसिर १० र २१ गतेको चुनावपछि एमाले–माओवादी गठबन्धनको सरकार बन्दैछ, ख्याल गर्नुस् भनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफुहरुको चुनावी ऐजेण्डाको विषय प्रवेश गरेनन् । काँग्रेस र देउवाको आलोचनामै समय खर्चिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ