arrow

सबै जातजातीको संरक्षण कांग्रेसले मात्र गर्छ : नेता कण्डेल

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
kandel.jpg

नवलपरासी । नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले सबै जातजातीको संरक्षण नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् ।  बर्दघाट सूस्ता पश्चिम नवलपरासी  निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका  उम्मेदवार समेत रहनुभएका कण्डेलले आज आफ्नो चुनाबी प्रचार प्रसारको क्रममा सरावलको भगेडामा आयोजीत कोण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

आदीबासी जनजाती  , मुस्लीम  , मधेशी   , लगायतका सबै जातजातीको संरक्षण नेपाली कांग्रेसले बाहेक अरु कुनै पनि राजनितिक दलले गर्न नसक्ने ठोकुवा भयो । सो अवसरमा  कण्डेलले जारी संबिधानलाई संसोधन गरी केही बर्गको अधिकार लाई थप सुरक्षित  गर्नुपर्ने भएकाले यस पटक नेपाली कांग्रेसको पक्षमा मतदान गरी  संबिधान संसोधन कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

 सो क्रममा प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधि ,  निर्वाचन परिचालन समितीका संयोजक एवंम् सुनवल नगरपालिका प्रमुख भरत थापा  ,  नेपाली कांग्रेसका नेता एवंम् सरावल गाउंपालिकाका अध्यक्ष  राधेश्याम चौधरी लगायतले मन्तव्य राखेका थिए ।

नवलपरासीमा नेपाली  कांग्रेसको तर्फबाट आसन्न प्रतिनिधी र प्रदेश सभाका उम्मेदवारहरुले बुधबार पनि आ आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न चुनाब प्रचार प्रसार मुखी कार्यक्रम  गरेका छन्   । उम्मेदवारहरुले आफ्ना समर्थकहरुको साथमा विभिन्न क्षेत्रमा मतदाताहरु संग मतमाग्न घरदैलो गर्ने  र आफ्नो निर्वाचन क्षेत्रको विभिन्न स्थानमा प्रचार प्रसार मुलखी कार्यक्रम अन्य भेला  लगायतका  कार्यक्रम जारी राखेका  छन्

त्यस्तै  बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र  २ का  प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधी तिवारी  बिहिबार संयुक्त रुपमा सरावल १ को बासावसही , तिलकपुर , भगेडा लगायतका स्थानमा घरदैलो गरेका हुन् ।

यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र  २ का  प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका  बैजनाथ जयसवालले आज संयुक्त रुपमा रामग्राम ९ को सन्तपुर ललीतपुर  ,  मझयौली लगायतका स्थानमा  घरदैलो गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ