arrow

सिलवालकै अगाडी कम्युनिष्ट गठन्धनका कार्यकर्ताले पिटे शिक्षकलार्इ

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
kp-navaraj.jpg

ललितपुर । नवराज सिलवालको चुनावी प्रचारमा रहेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताले शिक्षकमाथि कुटपिट गरेका छन्। महाकांल गाउँपालिका वडा नं ५ मा सिलवालको चुनावी कार्यक्रमपछि उनीसंगै रहेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताले नेपाली काँग्रेस निकट एक शिक्षकमाथि हातपात गरेका हुन्।

नेपाल शिक्षक संघका जिल्ला सदस्य एवम् कालेश्रवरी आधारभूत विद्यालय चन्दनपुरमा अध्यापन गराउँदै आएका बलबहादुर वाइवालार्इ खाजा खाइरहको होटलमा पसेर उनीहरुले हातपात गरेको पीडित शिक्षकले बताएका छन्।

उनका अनुसार सिलवाल भने कुटपिट हुँदा मुकदर्शक भएर हेरिरहेका थिए। शिक्षक वाइवामाथि हातपात गर्ने गोदावरी नपा वडा नं ११ का चापागाउँका मिथुन महर्जन रहेको बताइएको छ। 

उनी स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार हुन्। केहि समय अगाडी आफ्नै घरमा जुवा खेलाइरहेका बेला महर्जनलार्इ चापागाउँमा रहेको उनको घरबाट प्रहरीले पक्राउ गरेको थियो। उनी सात दिन जेल बसेर धरौटीमा रिहाइ भएका थिए।

शिक्षकमाथि कारवाही गर्ने महर्जनलार्इ कारवाही गर्न नेपाल शिक्षक संघ ललितपुरले माग गरेको छ। संघले एक विज्ञप्ति निकाल्दै घटनाको भर्त्सना गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ