arrow

रिस्तीको विकासको जिम्मा मेरो : नेता पौडेल

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
ramchandra.jpg

दमौली, तनहुँ । नेपाली कांग्रेका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले रिस्तीक विकासको जिम्मा आफ्नो भएको बताएका छन् ।  

बिहिबार आफ्नो जन्मस्थल व्यास–८ रिस्ति पुगेर पौडेलले बिजुली, खानेपानी तथा सडक खोल्ने काम सबै आफ्नै पहलमा भएको बताएका हुन् ।  

“अब कालिका मार्गको कालोपत्रेको काम पनि मेरै जिम्मा हो, विगतमा तपाइँहरुले देखाउँदै आउनुभएको माया र सद्भावलाई अहिले पनि निरन्तरता दिनेमा म विश्वस्त छु” पौडेलले भने, “विपक्षीहरु मेरो ठाउँमा भए गरेका गतिविधिलाई मुद्दा बनाएर चुनाव प्रचार गर्दै हिडेका छन् त्यो उनीहरुको झुट र भ्रमको खेती हो” पौडेलले भने ।

कार्यक्रममा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार गोविन्द भट्टराईले रिस्तीवासी भाग्यमानी रहेको बताउँदै सो क्षेत्रका विद्यालयमा निःशुल्क इन्टरनेटसहितको इलाइब्रेरीको व्यवस्था प्रतिबद्धता व्यक्त गरे। आजै नेता पौडेल आँबुखैरेनी गाउँपालिका–१ र २ मा घरदैलोमा सहभागी भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ