arrow

कञ्चनपुरको पुनर्वासमा एमाले–माओवादीका कार्यकर्ता धमाधम काँग्रेस प्रवेश गर्दै

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
punarbas1.jpg

कञ्चनपुर । एमाले–माओवादीको गठबन्धनप्रति असन्तुष्टहरु काँग्रेस प्रवेश गरेका छन् । आसन्न निर्वाचनमा आफ्ना दलका उम्मेदवारलाई विजयी गराउन एकजुट भई प्रचार–प्रसारमा होमिएको नेपाली काँग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ मा वाम कार्यकर्ता भित्र्याएको हो ।

पुनर्वासमा बिहीबार थुप्रै कार्यकर्ता काँग्रेस प्रवेश गरे । उनीहरुले एमाले–माओवादीले सत्ता प्राप्तिको लागि मात्रै गठबन्धन गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । उम्मेदवारसहित चुनावी सभा र मतदाता भेटघाटको अभियानमा  पुनर्वास नगर पालिका ९ मा हिडेको काँग्रेसले गरेको कार्यक्रममा माओवादी केन्द्र, एमाले र राप्रपाका कार्यकर्ता आफ्नो पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेका हुन् ।

पुनर्वास नगरपालिका ९ नम्बर वडाको बिचफाँटामा आयोजित काँग्रेसको सभामा माओवादी केन्द्र परित्याग गरि रामलाल सुनार, लालबहादुर सुनार र चन्द्र बुढा काँग्रेस प्रवेश गरेका हुन । यस्तै, नेकपा एमाले परित्याग मानसिह बुढा काँग्रेस प्रवेश गरेका छन् ।

वडा अध्यक्षका उम्मेदवार बनेका कृष्ण प्रसाद जैशी केशर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरे । नवप्रवेशी स्थानीय नेता कार्यकर्तालाई निवर्तमान सांसद एवं काँग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिवानसिंह बिष्ट र प्रदेशसभा सदस्य पदका उम्मेदवार गोपाल गुरुङले स्वागत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ