arrow

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
mohan-acharya.jpg

रसुवा।निर्वाचनको मिति नजिकिदै जाँदा विभिन्न निकायद्वारा सर्वेक्षणका प्रतिवेदन सार्वजनिक भएका छन्। पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको निर्वाचन इन्ट्रानस् पोलको प्रतिवेदन बाहिरिएको छ। सुरक्षा निकाय र विभिन्न जिल्लाका स्थानीय प्राध्यापकहरुको संलग्नतामा तयार गरिएको प्रतिवेदन अनुसार ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र वामगठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिवेदनमा वामगठन्धन र नेपाली कांग्रेसबीच ३७ सिटमा २०/१७ वा १७/२० को सम्भावना रहेको प्रष्ट उल्लेख छ। प्रतिवेदनमा लोकतान्त्रिक गठबन्धनका लागि रसुवा सबैभन्दा सुरक्षित देखिएको जनाएको छ। रसुवामा लोकतान्त्रिक गठबन्धनले मोहन आचार्य र वामगठबन्धनले जर्नादन ढकाललाई उम्मेदवार बनाएका छन्।

३२ जिल्लाको निर्वाचन पूर्वानुमान सम्बन्धी प्रतिवेदनमा रसुवामा लोकतान्त्रिक गठबन्धन ५२ सय देखि ७७ सय सम्मको मतान्तरले बिजयी हुने देखिएको छ। रसुवाका विभिन्न क्षेत्रका ३ सय बढी मतदातामा भएको सर्भेमा १ सय ६६ जना लोकतान्त्रिक गठबन्धन, १ सय ३ जना वाम गठबन्धन र बाँकीले अन्यलाई मतादान गर्ने देखिएको। स्रोतका अनुसार रसुवामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यको बलियो प्रभाव देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ