arrow

एनबी इन्सुरेन्स आइएमई जनरल इन्सुरेन्समा परिणत

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
insurance.jpg

काठमाडौँ। साबिकको एनबी इन्सुरेन्स कम्पनी लिमिटेड आइएमई जनरल इन्सुरेन्स लिमिटेडमा परिणत भएको छ । 

बीमा समितिको निर्णयानुसार एनबी इन्सुरेन्सको नाम र लोगो परिवर्तनसहित आइएमई जनरल इन्सुरेन्समा रुपान्तरण भएको हो । 

निर्जीवन बीमा क्षेत्रम २० वर्षदेखि सेवारत उक्त कम्पनीलाई आइएमई ग्रुपले नाम र लोगो परिवर्तनसहित सञ्चालनमा ल्याएको हो । 

चुक्ता पुँजी रु ५४ करोडमा थप ८० प्रतिशत हकप्रद शेयरसहित रु ९७ करोड २० लाख पुर्‍याउने प्रक्रियामा रहेको उक्त कम्पनीले बीमा समितिले तोकेको रु एक अर्बभन्दा बढी चुक्ता पुँजी पुर्‍याउने गरी पुँजी योजना बीमा समितिमा पेश गरेको छ । 

आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा कम्पनीका अध्यक्ष हेमराज ढकालले नोक्सानीमा रहेको उक्त कम्पनीलाई आइएमई ग्रुपले व्यवस्थापन थालेपछि सकारात्मक प्रभाव देखिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ