arrow

निर्वाचनले आन्तरिक उडानमा यात्रुको भीड, १५ प्रतिशतसम्म चाप

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
plane.jpg

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप परेको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुगम क्षेत्रको आन्तरिक उडानमा १५ प्रतिशतसम्म चाप बढेको छ।

 ‘सुगममा उडान भर्ने सबै एयरलाइन्स कम्पनीले पहिलाभन्दा बढी उडान तालिका राखेका छन्’, विमानस्थल कार्यालयका प्रवक्ता ठाकुरले भने, ‘ निर्वाचनका लागि उपत्यकाबाहिर जाने यात्रुको संख्या बढेसँगै एयरलाइन्स कम्पनीले उडान तालिकासमेत बढाएका छन्।’

पर्यटकीय सिजन अफ हुन लागिसकेको अवस्थामा पनि नजिकिँदै गरेको निर्वाचनले विमानस्थलमा चाप बढेको उनले बताए। सामान्य अवस्थामा त्रिभुवन विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सय ५० वटा उडान तथा अवतरण हुने गरे पनि अहिले त्यो बढेर चार सय ५० सम्म पुग्ने गरेको छ। 

निर्वाचनले आन्तरिक उडानमा ३० देखि ३५ प्रतिशतसम्म यात्रु बढेको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्वल थापा बताउँछन्।

‘नारायणगढ(मुग्लिङ सडकखण्डमा देखिएको समस्याकै कारण भरतपुरको उडानमा सबैभन्दा बढी चाप छु, उनले भने, ‘भरतपुरको उडानमा प्रायः सबै एयरलाइन्सको शतप्रतिशत अकुपेन्सी छ।’

भरतपुर जान चाहने यात्रुले तीन÷चार दिनअगावै टिकट लिनुपर्ने अवस्था आएको थापा बताउँछन्। अन्नपूर्ण टे«किङदेखि मुस्ताङ घुमेर आउने पर्यटकका कारण पोखरा( काठमाडौं रुटमा पनि यात्रुको चाप बढे पनि काठमाडौं(पोखरामा भने खासै चाप नदेखिएको थापा बताउँछन्। सिम्रिक एयरलाइन्सले पोखरा, भैरहवा र भरतपुरमा दैनिक उडान गर्दै आएको छ।

तीन महिनाअघि मात्रै आन्तरिक उडानमा प्रवेश गरेको श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले निर्वाचनका कारण अफ सिजन सुरु भए पनि यात्रु नघटेको बताए। 

निर्वाचनकै कारण सामान्यतः सबै गन्तव्यको उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको उनको भनाइ छ। गत वर्षको अनुभव एयरलाइन्सलाई नभए पनि राम्रै यात्रु पाएको उनको भनाइ छ। 

जुन दिन यात्रा गर्ने हो त्यही दिन टिकट पाउने अवस्था नरहेको मानन्धरले जानकारी दिए। श्रीले अहिले भैरहवा, विराटनगर, भद्रपुर, नेपालगन्ज र धनगढीमा दैनिक उडान गर्दै आएको छ।

पर्यटकीय सिजन अफ हुन लागिसकेको अवस्थामा पनि नजिकिँदै गरेको निर्वाचनले विमानस्थलमा चाप बढेको छ।

नेपालगन्ज, भैरहवा, धनगढी, विराटनगर र भद्रपुरमा उडान गर्दै आएको सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले पनि निर्वाचनका कारण यात्रु चाप बढेको जानकारी दिए। 

तीन दिनअघि टिकट नलिएको अवस्थामा टिकट पाउने अवस्था छैनु, खनालले भने, ‘समग्रमा निर्वाचनका कारण अफ सिजन भए पनि अन्य बेलाको तुलनामा १० प्रतिशतसम्म यात्रु चाप बढेको छ।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचनकै कारण यात्रुको चापको बढेको यती एयरलाइन्सले जानकारी दिएको छ। जनकपुर र तुम्लिङटारमा चाप बढेको छ।

अन्य गन्तव्यमा भने सहज नै छ। सडक सञ्जालन र नजिकिँदै गरेको निर्र्वाचनका कारण स्वाभाविक रूपमा पनि १० प्रतिशतभन्दा बढी यात्रु बढेको एयरलाइन्सले बताएको छ। 

यती एयरलाइन्सले नेपालगन्ज, भरैहवा, भतरपुर, तुम्लिङटार, पोखरा, जनकपुर, विराटनगर र भद्रपुरमा उडान गर्दै आएको छ। आन्तरिक उडानमा दोस्रो धेरै यात्रु बोक्ने कम्पनीका रूपमा यती एयरलाइन्स छ। 

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्न सफल बुद्ध एयरलाइन्सले पनि निर्वाचनका कारण अफसिजन सुरु भए पनि यात्रु संख्या नघटेको जानकारी दिएको छ।

३० प्रतिशत बढे आन्तरिक हवाई यात्रु
सडक यातायातको अनिश्चितताका कारण हवाई यात्रा गर्ने नेपालीको संख्या बढ्दो छ। सन् २०१७ को ९ महिनामै आन्तरिक हवाई यात्रुको संख्या ३० प्रतिशत बढेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०१७ को जनवरीदेखि सेम्टेम्बरसम्ममा १७ लाख चार हजारभन्दा बढी यात्रुले देशको विभिन्न ठाउँमा हवाई यात्रा गरेका छन्। 

सन् २०१६ को जनवरीदेखि सेप्टेम्बरसम्म हवाई यात्रा गर्नेको संख्या ११ लाख ९७ हजार थियो। सन् २०१७ को ९ महिनामा पाँच लाखभन्दा बढी यात्रुले आन्तरिक हवाई यात्रा गरिसकेको कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुर बताउँछन्।

कार्यालयका अनुसार त्रिभुवन विमानस्थलबाट हवाई यात्रा गर्दै देशका विभिन्न ठाउँमा जाने यात्रुको संख्या आठ लाख ६७ हजार नाघिसकेको छ। 

काठमाडौं प्रवेश गनेको संख्या आठ लाख ३६ हजारभन्दा बढी छ। अहिले आन्तरिक वायुसेवा कम्पनीबीच विमान थपेर सेवा विस्तार गर्ने तीव्र प्रतिस्पर्धा देखिएको छ। धमाधम आधुनिक सुविधासम्पन्न ठूला जहाज भित्र्याइरहेको देखिन्छ।

आन्तरिक उडानमा प्रयोग भएका जहाजको संख्या ४० भन्दा बढी पुगिसकेको छ। अझै केही जहाज थपिने क्रममा छन्। यसले आन्तरिक उडान निकै प्रतिस्पर्धी बन्न लागेको विमान सञ्चालक बताउँछन्। 

कतै आन्तरिक उडानमा ‘फेयर वारु चल्ने त होइन भन्ने शंका पनि उब्जाएको छ। तर विमान सञ्चालक विमान थपिए पनि ९० प्रतिशत अकुपेन्सी रहेको दाबी गर्छन्। आन्तरिक उडानका यात्रु बढ्दै गएपछि विमान थपेको उनीहरूको तर्क छ। 

सडकयात्रा कष्टकर बन्दै गएपछि पछिल्लो समय हवाई यात्रा गर्ने यात्रु बढिरहेका छन्। सन् २०१५, १६ र १७ को ९ महिनाको तथ्यांकले हवाई यात्रु बढ्दै गएको देखाउँछ। 

सन २०१६ मा आन्तरिक हवाई यात्रा गर्नेको संख्या २३ प्रतिशतको हाराहारीमा बढेको थियो। यो वर्ष हवाई यात्रा गर्नेका संख्या ३२ प्रतिशतले वृद्धि आउने विमान सञ्चालक बताउँछन्।

हवाई यात्रु बढेसँगै विमानस्थलमा हुने ‘मुभमेन्टु पनि बढेको छ। सन् २०१७ को ९ महिनामा ६४ हजार चार सय ६५ वटा उडान तथा अवतरण भएका छन्। 

यो संख्या २०१६ को सोही अवधिसम्म ४७ हजार नौ सय ६० मात्रै थियो। हवाई यात्रु र हवाई ‘मुभमेन्ट’ बढे पनि देशको कुनै पनि विमानस्थलको स्तरोन्नति भने भएको छैन।

विमानस्थलको स्तरोन्नति हुन नसक्दा हवाई यात्रुले घन्टौंसम्म जहाज कुरेर बस्नुपर्ने अवस्था छ। त्यसमा पनि विमानस्थल कार्यालयले बढ्दो एयर ट्राफिक समस्या देखाउँदै एक घण्टासम्म जहाज आकाशमै ‘होल्डु गराउने गरेको छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ