arrow

नक्कली अवतारी लामा पक्राउः फेसबुकमा किस खाएको फोटो राखेपछि बाहिरियो कर्तुत

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
tulk-lamaa-rimpoche.jpg

काठमाडौं । उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिड गर्ने कथित धर्मगुरु पक्राउ परेका छन् । 

चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ गरेको हो । उनले गुम्बाभित्रै महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामालाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको सिआइबीका डिआइजी पुष्कर कार्कीले बताए । लामाले उपचारका लागि आउने युवतीलाई सुसारे बनाएर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ ।

उनले महिलाहरुलाई लठ्याएर यौनशोषण गर्ने र त्यसबारे कसैलाई बताए अनिष्ट हुने भन्दै थप यौनशोषण गर्दै आएका थिए । सिआईबीमा दुई महिलाले उजुरी गरेका छन् । धेरै महिलाहरुलाई उनले यौनशोषण गरेका प्रहरीको आशंका छ ।

डिआईजी कार्कीका अनुसार लामाले आफु अवतारी लामा भएको भ्रममा राखेर उपचारको नाममा यौनशोषण गर्दै आएका हुन् । उपचारका लागि नग्न बनाउने र लठ्याएर यौनशोषण गर्दै आएका थिए ।

गुम्बामा महिलालाई नै उनले आफ्नो सुसारे बनाउदै आएका थिए । नयाँ महिला उपचारका लागि जाने बित्तिकै पुरानो महिलालाई हटाउने गर्दथे ।

फेसबुकमा किस खाएको फोटो राखेपछि बाहिरियो कर्तुत 
उनलाई भगवानजस्तै मानेर एक महिला गुम्बामा बसेकी थिइन् । तर, लामाको व्यवहार चित्त नबुझेपछि उनले बिद्रोह गरिन् । त्यसपछि लामाले ती महिलालाई किस खाएको फोटो फेसबुकमा राखिदिएका थिए । 

सोही घटनापछि लामाको कर्तुत बाहिरिएको हो । प्रहरीले गुम्बाका ६ महिलालाई उद्धार समेत गरेको छ । ती महिलाहरुले लामामा केही शक्ति रहेको बताएका छन् । 

केही महिलाहरुको त उनै धर्मगुरुका कारण श्रीमानसँग सम्बन्ध बिच्छेद समेत गरेका थिए । सम्बन्ध बिच्छेदपछि पाएको सम्पती समेत उनैलाई ल्याएर बुझाएको समेत अनुसन्धानमा खुलेको छ ।

नक्कली अवतारी लामा 
अवतारी लामा हुन बच्चादेखि नै बुद्धधर्मसम्बन्धि अध्ययन गर्नुपर्छ । तर, उनी १० वर्षअघिदेखि मात्र उक्त गुम्बामा बस्दै आएका व्यक्ति हुन् । 

पहिला उनी टेकिडसम्बन्धि काम गर्दथे । उनको श्रीमती झापामा गेष्ट हाउस चलाएर बस्दछिन् । बौद्ध धर्म सेवा समितिले उनी नक्कली अवतारी लामा भएको जनाएको छ ।

१० वर्षअघि उनले चाल्नाखेलमा १२ रोपनी जग्गा किनेर गुम्बा चलाएका थिए । जुनसुकै रोग समेत निको पार्न सक्ने भन्दै उनले ठगी गर्दै आएक थिए । 

शारिरीक शोषण गरेपछि उक्त कुरा बाहिर भनेमा रोग बल्झिने र ठुलो क्षती हुने भनेर तर्साउने गर्दथे । सिन्धुलीको कुशेश्वर स्थायी घर भएक ५६ वर्षिय लामाको बारेमा अझै धेरै कुरा खुल्न बाँकी नै रहेको डिआईजी कार्की बताउँछन् ।

भारतका केही समयअघि यस्तै प्रकारका कथित धर्मगुरु रामरहित यौन शोषणको आरोपमा जेल चलान भएका थिए । सोही घटना सुनेपछि आफुहरुले सिआईबीमा उजुरी गरेको पीडितहरुले बताएका छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ