arrow

चीनमा इन्टरनेट प्रयोगकर्ता सत्तरी करोड

logo
प्रकाशित २०७२ माघ ८ शुक्रबार
mobileuser.jpg.jpeg
बेइजिङ। चीनमा इन्टरनेट प्रयोग गर्ने व्यक्तिको सङ्ख्या करिब ७० करोड पुगेको समाचार छ । चिनियाँ अधिकारीहरुले गरेको पछिल्लो अनुसन्धानबाट सन् २०१५ को अवधिमा चीनमा इन्टरनेट प्रयोग गर्ने व्यक्तिको सङ्ख्या ७० करोड पुगेको देखिएको छ । चीनमा वाणिज्यसम्बन्धी कतिपय प्रवर्धनात्मक कार्यक्रमहरु इन्टरनेटको प्रयोगका माध्यमबाट हुने गर्दछ । तर पनि अनलाइनका कतिपय सामग्रीमा भने चिनियाँ अधिकारीहरुले प्रतिबन्ध लगाउने गरेका छन् । 
 
चीनमा पछिल्ला वर्षहरुमा प्रत्येकवर्ष कम्तीमा पनि चार करोड जनसङ्ख्याले इन्टरनेटको प्रयोग गर्ने गरेका छन् । विश्वका धेरै जनसङ्ख्या भएका देशहरुको तुलानामा यो जनसङ्ख्या बढी भएको पनि पाइएको छ । चीनमा पूरै जनसङ्ख्याको ९० प्रतिशत नागरिकले मोबाइलमार्फत इन्टरनेट हेर्ने गरेका छन् । ती मध्ये एक तिहाईले मात्र डेस्कटप कम्प्युटर प्रयोग गर्ने गरेका छन् । त्यसैगरी त्यहाँको जनसङ्ख्याको करिब ४० प्रतिशत नागरिकले ल्यापटप प्रयोग गर्ने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ