arrow

विस्फोटक पदार्थ डेटोनेटर बरामद

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
detonator.jpg

 झापा । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले बिहिबार विस्फोटक पदार्थ डेटोनेटर बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रबहादुर बस्नेतका अनुसार वुद्धशान्ति गाउँपालिका– २ स्थित लकान्द्रीको घरमा छापा मार्दा तार जोडिएको अवस्थामा एक थान र बारुद भरिएको अवस्थामा चार थान डेटोनेटर बरामद गरिएको थियो । 

लकान्द्रीसँगै सो समूहका नौ जना यसअघि नै पक्राउ परेका र उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ