arrow

पहिलो चरणको निर्वाचनका लागि मौन अवधि जारी

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
vote1.jpg

काठमाडौं । आइतबार (मंसिर १० गते) हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहिबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । 

मौन अवधि सुरु भएपछि राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि प्रचारप्रसारका काम गर्न पाउने छैनन् । 

मौन अवधिमा राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सामाजिक संजालमा समेत प्रचारप्रसारका कुनै पनि गतिविधि गर्नबाट रोक लगाएको छ । 

पहिलो चरणमा ३२ जिल्लामा मतदान हुँदैछ । 

मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि उम्मेदवारका लागिमात्र होइन मतदाताका लागि पनि हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ