arrow

काँग्रेस नेतामाथि एमालेको आक्रमण, घाइतेको अवस्था गम्भीर

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
Dhuwakot_dhading_(5)_(1).jpg

धादिङ । नेपाली काँग्रेस धुवाँकोटका संयोजक सन्तोष बस्ताकोटीमाथि धारिलो हतियार प्रहार गरिएको छ । 

घरमा बसिरहेका नीलकण्ठ नगरपालिका वडा नं. १४ अन्तर्गत नेपाली काँग्रेसका निर्वाचन परिचालन समितिका संयोजक बस्ताकोटीलाई एमाले कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाइएका हुन् । 

नीलकण्ठ नगरपालिकका वडा नं १४ धुवा“कोट निवासी २६ वर्षीय वस्ताकोटीलाई सोही वडाका वडाप्रमुख रोशन तामाङ सहितको ९ जनाको समूहले शुक्रबार विहान पौने ६ बजे घरमै रहेको समयमा धारिलो हतियार प्रयोग गरि आक्रमण गरेको आरोप परिवारजनले लगाएका छन् । 

सख्त घाईते बस्ताकोटीको टाउकोको दा“याबायाँ भाग र दुवै खुट्टामा गहिरो घाउ लागेको छ । 

घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत काठमाडाँै ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ । 
बस्ताकोटी र नेकपा एमालेबाट प्रदेश सभा उम्मेदवार डा. रामकुमार अधिकारीको घर एकै गाउँमा पर्दछ । 

मौन अवधिको सुरुवात भएपछि घरमा बसिरहेको कार्यकर्तालाई डा. रामुकमार अधिकारीको नै निर्देशनमा ज्यान मार्ने उद्धेश्यले आक्रमण गरिएको नेपाली काँग्रेस धादिङका सभापति तथा प्रदेश सभाका उम्मेदवार रमेश धमलाले प्रतिक्रिया दिएका छन् । 

धमलाले आक्रमणमा सम्लग्नको पहिचान भएको र तत्काल उनीहरुलाई कानुनी कारवाही नगरे प्रतिरोधमा उत्रने बताए । 
बिहिबार मात्र रामकुमार अधिकारीको नेतृत्वमा घरदैलोमा रहेको अवस्थामा युथ फोर्सका जिल्ला उपाध्यक्ष सूर्यबहादुर तामाङ लगायतका एमाले कार्यकर्ताले नीलकण्ठ नगरपालिका ३ माथिल्लो बजारमा वियरको बोत्तल प्रहार गरी नेविसंघका कार्यकर्ता रोशन गुरुङ घाइते भएका थिए । 

सो घटनामा उनीहरुले प्रयोग गरेको गाडी सहित प्रहरीले पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धुवाँकोट र सिरान बजार घटनाका बारे बुझन खोज्दा एमालेका उम्मेदवार रामकुमार अधिकारीले भने त्यस घटनामा एमाले कार्यकर्ताको कुनै सम्लग्नता नरहेको र आफूहरुले त्यस्तो नियतले परिचालन पनि नगरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ