arrow

रोबिन्हो बलात्कारी भएको फैसला, मैदानमा छाडेर नौ वर्ष जेलतिर

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
robinho.jpg

काठमाडौं । चर्चित फुटबल खेलाडी रोबिन्हो बलात्कारी सावित भएका छन् । ब्राजिलियन खेलाडी रोबिन्हो बलात्कारको घटनामा दोषी पाइएपछि ९ वर्ष जेलमै बस्नुपर्ने भएको हो ।

उनलाई इटालीको एक अदालतले बलात्कारमा दोषी ठहर गर्दै ९ वर्ष जेल सजाय सुनाएको हो ।

मिलानको एक अदालतले रोबिन्होलाई सन् २०१३ मा एक अल्बानियन २२ वर्षे युवतीलाई सामुहिक बलात्कार गरेको फैसला सुनाएको हो । 

रोबिन्होसंगै उक्त घटनामा अन्य पाँच ब्राजिलियनलाई पनि अदालतले दोषी ठहर गरेको छ।

ती युवतीलाई रक्सीले मातेका रोबिन्होको समुहले डिस्को क्लबबाट निस्केपछि बलात्कार गरेको अदालतले दाबी गरेको छ ।

अदालतले पीडितलाई ७१ हजार डलर क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ।

मुद्दाको सुनुवाइ हुँदा रोबिन्हो अदालतमा उपस्थित थिएनन्।

ब्राजिलियन क्लवबाट खेलिरहेका रोबिन्हो सन् २०१० देखि २०१५ सम्म इटालियन क्लव एसी मिलानका लागि खेलेका थिए। 

रोबिन्होले सजाय पाए पनि आफू निर्दोष रहेको बताउँदै आएका छन् । 

उनले अदालतको सुनुवाइबारे कानुनी उपचार खोज्ने पनि बताएका छन् । 

ब्राजिलका भरपर्दा स्ट्राइकर रोबिन्होले राष्ट्रिय टिमबाट १०० खेल खेलेका छन् । 

उनले ब्राजिलका लागि २८ गोल गरेका छन् । 

ब्राजिलको एथलेटिको मिनेरो क्लवबाट व्यवहायिक खेल खेलिरहेका रोबिन्होले इंगलिस क्लव म्यानचेस्तर सिटीमा दुई वर्ष बिताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ