arrow

श्रीमतीको घाँटी रेटी फरार हत्यारा श्रीमान पक्राउ

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
handcuff-clipart-9ipeLdoeT.jpeg.jpeg

लहान । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान्लाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका हत्यारा श्रीमान् ३५ वर्षीय ओली राइनलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको गोपालपुरबाट राइनलाई पक्राउ गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ