arrow

टि–२० विश्वकप महिला छनोट क्रिकेटमा नेपालको पहिलो जित, मलेसिया ३३ रनले पराजित

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
ICC-Women-s-World-T20-qualifier.jpg

बैंकक । थाइल्याण्डको बैंककमा भइरहेको टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको छ । 

१०९ रनको चुनौति पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा ७५ रन मात्र बनाउन सक्यो । 

इमिलिया एलियानीले सर्वाधिक २४ रन बनाइन् । 

नेपालका लागि करुणा भण्डारीले ३ विकेट लिइन् । 

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १०८ रन बनायो । 

नेपाली टिमले राम्रो सुरुआत गरेपनि मध्यक्रमको ब्याटिङ सुस्ताएपछि कम योगफलमै समेटिएको हो । 

पहिलो विकेटका लागि ६६ रनको पार्टनरसिप गर्ने क्रममा सीता राना मगरले ४२ बलमा ३७ रन बनाइन् । 

ओपनर ज्योति पान्डेले ३९ बलमा २१ रन जोडिन् । 

काजल श्रेष्ठले १८ बलमा १४ रन जोडिन् ।

रोमा थापाले ६ बलमा ६ रन बनाइन् । 

इन्दू बर्माले ४ बलमा नटआउट ६ रन जोडिन् । 

कप्तान रुबिना क्षेत्रीले १ बलमा नटआउट २ रन बनाइन् । 

नेरी थापाले ५ रन जोडिन् । रितु कनौजियाले १ रन बनाइन् ।

यसअघिका तीन खेलमध्ये दुईमा बराबरी र एकमा हारको सामना गरेको नेपाललाई अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न मलेसियालाई हराउनै पर्ने थियो । 

पहिलो खेलमा आयोजक थाइल्याण्डसंग र दोस्रो खेलमा हङकङसंग बर्षाका कारण अंक बाँडेको नेपालले बिहिबार तेस्रो खेलमा युएईसँग ५ रनको हार बेहोरेको थियो । 

अब अन्तिम खेलमा नेपालले आइतबार चीनसंग खेल्दैछ । 

६ टोलीमध्ये शिर्ष दुईमा रहने टोलीले विश्वकप छनोटको अर्को चरण खेल्न पाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ