arrow

राजविराजको मुख्य सडक निर्माण  हुँदै

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
road.JPG

राजविराज । लामो समयदेखि जीर्ण रहेको सप्तरी सदरमुकाम राजविराजको मुटुमै अवस्थित गजेन्द्र चोकदेखि शहीददर्शन चोकसम्मको सडक निर्माण कार्य शुरु भएको छ । 

सडक विभागको सहयोग तथा सडक डिभिजन कार्यालय लहानमार्फत तीन सय मिटर पक्की सडक निर्माण कार्य तीव्ररुपमा भइरहेको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले बताए । 

कुल एक करोडको योजना रहेकोमा स्थानीय श्यामा कन्सट्रक्सनले पुस महिनाभित्र सम्पन्न हुनेगरी  ५५ लाखमा ठेक्का लिएको उनले जानकारी दिए । 

सम्झौता अनुसार ३०० मिटर लम्बाइ र सात मिटर चौडाइ भएको उक्त सडकको दुवैतर्फ एक दशमलव पाँच मिटर आरसिसी ढलान गरिने समेत उनले जानकारी दिए । अति व्यस्त मानिने मुख्य सडकलाई जेसिबीले खनेर छाडिदिएपछि धुलाम्मय र कच्ची बाटोमा सर्वसाधारणलाई हिड्न बाध्य हुनुपरेको थियो । 

सब ग्रेड अर्थात जेसिबीले खनेर पुरानो कालोपत्रेलाई झिक्ने र सब बेस ग्राभेल (१५ से.मि.) कार्य सम्पन्न भइसकेको र बालुवाको प्रिमिक्स कार्पेटिङ अर्थात स्याण्ड सील कार्य पनि चाडै शुरु गरिने सडक डिभिजन कार्यालयका इन्जिनियर शोभितलाल ठाकुरले बताए । 

यस अतिरिक्त राजविराज नगरको अन्य सडकमा पनि काम थालिने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ