- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी । चलचित्र 'पद्मावती' माथि चलिरहेको विवादबीच नाहरगढ फोर्टको पर्खालबाट एक युवकको शव भेटिएको छ । चेतन कुमार नाम गरेका मृतकको शव नजिकको ढुङ्गामा केहि लेखिएको भेटिएको छ । ढुङ्गामा 'मानिस पद्मावतीको विरोधमा पुत्ला जलाउछन् तर हामि पुत्ला जलाउदैनौ झुन्डाउछौ । पुत्लाको ठाँउमा हामि आफैलाई समाप्त गर्दैछौ ।' लेखिएको छ । प्रहरीले शवको अनुसन्धान प्रकृया सुरु गरेको छ । चलचित्रको सुटिङ सुरु भएसँगै विरोध चलेको हो । तर अब चलचित्रको विरोधले श्रृंखला लिएको छ ।
सो घटनाको करणीले भर्त्सना गरेका छन् । उनले घटनामा आफ्नो संलग्नता नरहेको पनि जनाएका छन् । युवकको शव भेटिएको नाहरगढ सन् १७३४ मा राजा सवाई जय सिंह द्वितीयले बनाएका हुन् ।
निर्देशक संजय लीला भंसालीले चलचित्रको १६० करोडको बिमा गरिसकेका छन् । सो बीमा अनुसार चलचित्र रिलीज भएपछि टिकट बिक्रीको क्रममा कुनै प्रकारको विरोध प्रदर्शन, झगडा वा तोडफोड भए सो नोक्सानीको भरपाई बीमा कम्पनीले गर्नेछ । चलचित्रको रिलीज नजिक विरोध अझ तिब्र हुने अनुमान गरिएको छ । सो अवस्थामा दर्शकले सिनेमाहलमा गएर चलचित्र हेर्न जोखिम उठाउने सम्भावना कम रहेको छ । सोको सीधा असर चलचित्रको कारोबारमा पर्नेछ ।
यो भन्दा पहिले पद्मावती' को सेटमा केहि गाडि तोडफोड गरि आगो लगाइएको थियो । उक्त घटना कोल्हापुरको पन्हाला फोर्टको मसाई पठारमा भएको थियो ।
साथै राजस्थानको जयपुरमा चलचित्र 'पद्मावती' को सुटिङ क्रममा भंसाली माथि कुटपिट भएको थियो । जयपुरको नाहरगढ़ किल्लामा सुटिङको क्रममा राजपूत करणी सेनाका कार्यकर्ताले तोडफोड गरेर भंसालीलाई थप्पड लगाएका थिए । सुटिङ क्रममा भंसाली माथि कुटपिट भएपछि चलचित्रको सुटिङ रोकिएको थियो ।
सो सेटमा हमला गर्नले रानी पद्मावतीलाई चलचित्रमा गलत तरीकाले देखाइएको भन्ने आरोप लगाएका थिए । चलचित्रमा दीपिका पादुकोण रानी पद्मावती को भुमिकामा रहेकी छन् । त्यस्तै रणवीर सिंह अलाउद्दीन खिलजीको भूमिकामा रहेका छन् । चलचित्र डिसेम्बर १ मा रिलिज हुदैछ ।