arrow

लैगिक हिंसा बिरुद्धको अभियान पोखरामा शुरु

बाल यौन दुर्व्यवहार र बलत्कारका बिषयलाइ मुख्य रुपमा उठाइने

logo
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
himsa.png

पोखरा । लैगींक हिंसा बिरुद्धको १६ दिने अभियान पोखरामा शुरु भएको छ । १६ दिने अभियानमा बाल यौन दुर्व्यवहार र बलत्कारका बिषयलाइ मुख्य रुपमा उठाइने महिला तथा बालबालिका कार्यलय कास्कीका प्रमुख लक्ष्मी जिसी कार्कीले बताइन ।यस आर्थिक बर्षमा कास्कीमा  १४ जना बालबालीकाहरु यौन दुर्व्यवहारको शिकार भएका साथै १ सय २२ महिला हिसाका घटना दर्ता भएको ले पनि त्यस सवाल लाइ मुख्य रुपमा  उठाउन जरुरी रहेको उनको भनाइ थियो ।

अभियान अन्र्तगत जनप्रतिनिधि संग बाल यौन दुर्व्यवहार रोकथाम बारे अन्तरक्रिया, लैगीक हिसा बारे गीती नाटक,सचेतना सुलक र्याली,डकुमेन्ट्री  प्रदर्शन , बिद्यालय स्तरीय निबन्ध तथा बक्तित्वकला प्रतियोगीत  लगाएतका कार्यक्रमहरु संचालन गरिने उनले बताइन। ।

लैगीक हिंसा को बिरुद्धमा जागरण ल्याउन,हिसाका घटनालाइ सार्बजनिक गरि दोषीलाइ कानुनी दायरामा ल्याउन दबाब दिने उदेश्यले  मंसीर ९ देखि २४ गते सम्म अर्थात नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म , लैगिक हिसा  अन्त्यका लागि सबै जुटौ,कोहि नछुटौ भन्ने मुल नाराका साथ कास्कीका बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यलयहरुको  समन्वयमा कार्यक्रम गर्न लागिएको पोखरामा आयोजित  पत्रकार भेटघाट कार्यक्रममा उनले  जानकारी दिइन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ