arrow

बम विस्फोटमा दुई प्रहरी अधिकारीको मृत्यु

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
Death-body-nepali-simbol.jpg.jpeg

इस्लामाबाद । उत्तरपश्चिमी पाकिस्तानको प्रान्तीय राजधानी पेसावरमा शुक्रबार बिहान भएको बम विस्फोटमा परी पाकिस्तानका दुइजना प्रहरी अधिकारीको मृत्यु भएको छ । 

स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार सो जानकारी दिएका छन् । 

पेसावरको हेयाताबाद क्षेत्रको ततारा पार्कनजिकै उनीहरुको हत्या गरिएको समाचारमा जनाइएको छ । पेसाबर उत्तरपश्चिमी खैवर पाख्तुनख्वाको प्रान्तीय राजधानी हो । 

यस आक्रमणमा परी प्रहरी जनरल मुहमद असरफ नुर र उनको अङ्गरक्षकले ज्यान गुमाएका बताइएको छ । 

यी प्रहरी अधिकारी आफ्नो कार्यालयतर्फ गइरेहको अवस्थामा सो आक्रमण भएको प्रहरीले जनाएको छ । 

यस आक्रमणबाट प्रहरी अधिकारीको सवारी साधान पूर्णरुपमा ध्वस्त भएको बताइएको छ । हालसम्म यस आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ