arrow

अजयशंकर नायकको प्रचार टोली लक्षित विष्फोटको जिम्मा गोइत समूहले लियो

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
Blast.jpg

सिरहा । एमाले–माओवादी सम्मिलत वाम गठबन्धनको चुनावी क्याम्पमा भएको म विष्फोटको जिम्मा अखिल तराई मुक्ति मोर्चाले लिएको छ । गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री अजय शंकर नायकको प्रचार–प्रसारका लागि खडा गरिएको चुनावी क्याम्पमा शुक्रबार कुकर बंम विस्फोट भएको थियो ।

सिरहाको मिर्चैयास्थित नायकको चुनाव प्रचार–प्रसार गर्ने स्थानमा बमं विस्फोट भए पनि मानवीय क्षती भने भएन । विस्फोटको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चाले लिएको छ । जयकृष्ण गोइत नेतृत्वको मोर्चाले निर्वाचनको विरोधमा वंम विस्फोट गराएको जनाएको छ । विष्फोट भएको स्थानबाट गोइतको पर्चासमेत फेला परेको छ ।

मधेशविरुद्ध निर्वाचन भइरहेको उल्लेख गर्दै गोइतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यही २१ मंसीर २०७४ को स्वतन्त्र तराईमा प्रहरी, सशस्त्र प्रहरी र सेनाको बन्दूकको बलमा अवैध नेपाली शासकले प्रतिनिधिसभा र प्रान्तीयसभाको निर्वाचन गराएर नेपाली शासनलाई निरन्तरता दिन खोजेको हो । यस्तो स्थितिमा नेपाली निर्वाचनमा सहभागीहरुको सशस्त्र प्रतिरोध गर्नु बाहेक हाम्रो निम्ति अर्को विकल्प छैन ।’

‘८ मंसीर २०७४ शुक्रवार अपराह्न करीब ४ बजे सिरहा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ का प्रत्यासी वाम गठबन्धन उम्मेदवार अजयशंकर नायकको थाना चोक मिर्चैयास्थित चुनावी प्रचार कार्यालयमा प्रेसर कुकर बम कारबाही स्वरुप विष्फोट गराउन हाम्रो फौजी दस्ता सफल भएको छ । यसबाट मर्नेको साथै क्षति हुने र उत्पन्न हुने दुष्परिणामको जिम्मेवार नेपाली निर्वाचनमा सहभागी वाम गठबन्धन नै हुनेछ । यसरी स्वतन्त्र तराईमा नेपाली निर्वाचन कार्यक्रम जारी नै रहे भने यसभन्दा पनि उच्च स्तरको कारबाही सहभागी सबै नेता, कार्यकत्र्ता, मतदाता, मतदानमा संलग्न कर्मचारी र सुरक्षाकर्मीमाथि हुनेछ’–गोइतको विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ