arrow

उद्यमीहरुलाई धन्यवाद दिदैँ उज्वल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
ujjwal-thanks-giving.jpg

काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं. ५ का उमेद्धवार उज्वल थापाले घरदैलो गर्दा उद्यमीहरुलाइ धन्यवाद पत्र दिने गरेका छन् । 

घरदैलो र अन्तरक्रिया कार्यक्रममा पार्टीको घोषणापत्र र उमेद्वारको पर्चासंगै धन्यवादपत्र पनि दिने गरिन्छ । अहिले सम्म क्षेत्र नं ५ मा मात्रै दश हजार बढी उद्यमीहरुलाइ धन्यवाद पत्र भेटेरै दिइएको विवेकशील साझा पार्टीले जनाएको छ । यसले उद्यमीहरुको मन जित्दै गएकोमा यो अभियान निरन्तर चलिरहने छ ।

आफ्नो पार्टीको लक्ष्य र आफ्नो चुनावी मुद्दा पनि उद्यमशीलता मार्फत आफ्नै देशमा गरिखाने माहोल बनाउने भएकोले उद्यमीहरुलाइ धन्यवाद दिने गरेको उहाँको भनाइ छ । 

थापाले भन्नुभयो,“ यता त पाँच वर्षमा एक पटक (भोट) माग्न आउने नेता मात्रै देखिन्छन । हामी भोट माग्ने मात्रै हैन गरिखाने माहोल बनाएका उद्यमी स्वाभिमानी नागरिकलाई धन्यवादपत्र पनि दिदैँछौँ ।” 

सुरुदेखिनै उज्वल थापाले आफ्नो चुनावी अभियान पृथक् र सिर्जनात्मक बनाउँदै आएका छन्। उनले यातायातका लागि सफा टेम्पोको प्रयोग गर्नुका साथै सञ्चार माध्यम, समाजिक सञ्जाल र घरदैलोमा समय दिइरहेका छन् ।  

सिर्जनात्मक अभियानहरुमा अभ्यस्त थापाले “उद्यमीलाइ धन्यवाद पत्र” को सुरुवात गरेका हुन् ।

२१औँ शताब्दीसापेक्ष नेतृत्व कसरी बनाउने, कमजोर बन्दै गएको राष्ट्रिय स्वाभिमान कसरी फर्काउने, लुटतन्त्र कसरि ढाल्ने, यसपालि चुनावमा इमान्दारलाइ भोट हाल्ने कि बेइमानलाइ भन्ने विषयमा धारावियिक ‘रोटी टक’मा आफ्ना धारणाहरु फेसबुक भिडियोमार्फत राखेका थिए। 

यो ‘टक सो’मा साथिहरुसंग रोटी पकाउदै बोलिरहेको भिडियो लाखौँले हेर्ने तथा स्थानीयस्तरमा उद्यमी र आम नागरिकहरुसंग यस अभियानले सामिप्यता बढाएको थापाको ठम्याइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ