arrow

पशुपंक्षी विकास राज्यमन्त्री श्रेष्ठको घरमा बम विष्फोट

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
bisfot.jpg

सर्लाही । पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । शनिबार बिहान ५ः१० बजे मन्त्री श्रेष्ठको लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो । 

विष्फोटमा कुनै पनि मानवीय क्षति नभएको उनका प्रेस संयोजक कृष्णप्रसाद थपलियाले जानकारी दिए । 

विष्फोटबाट ५ फिटजति पर्खाल भत्किएको छ । घर पछाडि थोत्रा सामान राख्ने ठाउँ नजिक बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।

विष्फोटमा संलग्नहरुको खोजी तीव्र पारिएको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक अनिल पौडेलले बताए । 

बिहानै ठुलो आवाजमा बम विष्फोट हुँदा स्थानीयवासी त्रसित भएका थिए ।

विष्फोटको जिम्मा कसैले लिएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ