arrow

गोठगाँउमा मेडिकल कलेज संचालन गर्ने कोइरालाले जनाए प्रतिबद्धता

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ मंसिर ९ शनिबार
shekhar-Koirala.jpg.jpeg

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डाक्टर शेखर कोइरालाले गोठगाउमा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई मेडीकल कलेजका रुपमा संचालन गर्ने बताएका छन् ।

सुन्दरहरैचा नगरपालिकाका विभिन्न वर्डामा भएको चुनावी सभालाई सम्बोधन गर्दे डाक्टर कोइरालाले १ बर्ष भित्रमा  पूर्वाञ्चल विश्वविद्यालयलाई  मेडिकल कलेजका रुपमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
 
उनले क्षेत्र नम्बर ६ मा बर्षेनी बाढीले करोडौको धनसम्पति नष्ट गर्ने भन्दै स्थायी तटबन्धन बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले क्षेत्र नम्बर ६ मा बर्षौदेखि रहेको सुकुम्बासी समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने प्रस्ट पारे।

उनले कांग्रेसले मात्र हिमाल, पहाड, तराई र मधेशका समस्यालाई समाधान गर्ने बताए । उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जित अपरिहार्य भएको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ