arrow

एमालेले ओखलढुंगामा मौन अवधिलाई मनि अवधि बनाएको आरोप

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
CPN-UML-Flag.jpeg

ओखलढुंगा । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मौन अवधि सुरु भएपछि ओखलढुंगामा कम्युनिष्ट गठबन्धनले धमाधम पैसा बाडेर मतदाता प्रभावित पार्न थालेको आरोप लागेको छ । गठबन्धनले ओखलढुंगाको  सुरक्षालाई चुनौति दिदै पैसा बाड्नकै लागि युथफोर्स र वाइसियलको संयुक्त फोर्स परिचालन गरेको छ । बुधबारदेखि नै मौन अवधि शुरु भए पनि मतदाता प्रभावित गर्न विभिन्न गतिविधी हुन थालेका छन् ।

 गठबन्धनका एक नेताका अनुसार सुरक्षितरुपमा पैसा बाडेरै भएपनि चुनाव जित्नका लागि  जिल्लाका ७५ वटै वडामा १०० जनाको समुहमा रहेको संयुक्त फोर्स परिचालन गरिएको हो । त्यसरी परिचालित भएको उक्त समुहको उदेश्य मतदातासमक्ष पुगेर आश्वासन, पौसा बाड्ने त्यतिपनि नभए धम्की  समेत दिने र आफैले भोट हाल्ने व्यवस्था मिलाने रहेको गठबन्धनका असन्तुष्ट नेताहरुले बताएका छन् ।

उनिहरुले मंसिर ८ र ९ गते समेत शहरबाट भोटहाल्न गाउँजाने मतदाता चढेको गाडी समेत बाटोमै राकेर दुख दिनेगरेको चिशंखुगढी गाउँपालिाका स्थानीयहरुले बताएका छन् । कम्युनिष्ट गठबन्धनको मतदातालाई किन्ने र त्रसित पार्ने कार्य रोक्न प्रहरी प्रशासनले समेत वास्ता नगरेको भन्दै दुर्गम गाउका मतदाताहरुले गुनासो गरेका छन् ।

 गठबन्धनको तर्फबाट प्रदेश सभा 'क' को उमेदवार अम्बिरबाबु गुरुङले चिशंखुगढी गाउपालिकाको चुनाव खर्च भन्दै माओवादीका युवा अशोक थापालाई गत हप्ता ६० लाख रकम दिएर पठाएका थिए । उक्त रकम दिएको विषयमा समेत एमाले भित्रै आफ्ना कार्यकर्तालाइ नदिइ माओवादीलाई दिएको भन्दै असन्तुष्टि पैदा भएको छ ।

युवा परिचालनका विषयमा युवा संघका जिल्ला अध्यक्ष राजन खत्रीले मतदाता जसले किन्न सक्यो उसले चुनाव जित्ने भन्दै भोट किन्नमा प्रतिष्पर्धा  हुने स्वीकार गर्दै आएका छन् । ‘संविधानले परिकल्पना गरेको स्वच्छ निर्वाचनलाई प्रभावित पार्ने, आर्थिक चलखेल गरेर मतदाता किन्न खोज्ने लाई आफुहरु  चुप लागेर नबस्ने, त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई  नियन्त्रणमा लिइ प्रहरीलाइ बुझाउने नेपाल तरुणदलका कार्यबाहक अध्यक्ष प्रविण राइको भनाइ छ ।

 स्रोतका अनुसार कम्युनिष्ट गठबन्धनका भातृ संगठनहरुले चिशंखुगढी, सिद्धिचरण नगरपालिका, मोलुङ, लिखु, सुनकोशी र खिजीदेम्कम्युनिष्टा गाउपालिकामा कमिटि बनाएर वडास्तरमा खटाएको बताइएको छ । उक्त स्थानीय तहका विपन्न समुदायको बस्ती बस्तीमा पुगेर मतदातालाई भ्रम फैलाएर प्रभावित पार्ने काम हुने गरेको स्थानीयहरुले बताएका छन् ।  स्थानीय तहको चुनावमा मोलुङ गाउापालिकामा पैसा बाड्दै गर्दा पक्राउ परेका थिए । यसलाई मध्यनजर गर्दै यस पटक युवा परिचालन गरिएको बताइएको छ ।

 त्यस्तै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमालेलाई भोट नहाले कुनै पनि विकास बजेट नदिने भन्दै वडा अध्यक्षहरुले मतदाता लाई धम्की दिन थालेका छन् । ओखलढुंगा सिद्धिचरण नगरपालिका १ का वडा अध्यक्ष केदार बाबु बस्नेतले साविक तलुवा गाविस वडा नम्बर ३ का जनतालाई एमालेलाई भोट नदिए आजिवन बाटो नजोडने धम्की दिएका हुन् ।

 यस पटक एमालेलाई भोट नदिए सबै विकास बजेट नै ठप्प पार्ने धम्की दिएको मतदाताहरुले बताएका छन् । सिद्धिचरण नगरपालिका १ तलुवाका वडाअध्यक्ष केदारबाबु बस्नेतले आफुले भनेको नमाने पाँच बर्ष विकास बजेट नदिने धम्की दिदै गरेको अडियो रेकर्ड स्थानीयले हामीलाई उपलब्ध गराएका छन् ।

अडियो रेकर्ड बाहिर ल्याउनेलाई ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै नाम सार्वजनीक नगर्न अनुरोध गरेका छन् । उक्त अडियो हामीसंग सुरक्षित छ । उनले तलुवा वडा नम्बर ३ का जनतालाई आफु बाचुन्जेलसम्म कुनै विकास बजेट नदिने भनेपछि स्थानीय नागरिहरु त्रसित भएका गुनासो गरेका छन् ।

 स्वतन्त्र मतदान गर्ने आफ्नो व्यक्तिगत अधिकारमाथि नेताहरुले ठाडो हस्तक्षेप गरेको भन्दै मतदाताहरुको सुरक्षाका लागि उनिहरुले प्रहरी प्रशासनलाई गुहारेका छन् ।

त्यस्तै सिद्धिचरण नगरपालिका वडा नम्बर ७ विगुटारका अध्यक्ष बमबहादुर राइले, वडा नम्बर १० बेतिनीका अध्यक्ष दामोदर धमला, वडा नम्बर अध्यक्ष कृष्णबहादुर काकीले स्थानीयतहमा भोट नदिएका र यस चुनावमा पनि एमालेलाई भोट नदिने लाई सरकारी सेवा सुविधा बाट समेत बञ्चित गर्ने चेतावनी दिएपछि मतदाताहरु त्रसित बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।

यसरी मौन अवधिमा कम्युनिष्ट गठबन्धनले मतदाता प्रभावित पार्ने काम गरेपछि र काँग्रेसका कार्यकर्ताहरु पनि आक्रोसित बनेका छन् ।  युवा कार्यकर्ताहरु अर्कोलाई लक्षित गरि परिचालित भएसंगै सुरक्षा चुनौति थपिएको छ । झडप हुने आशंकामा सुरक्षा सर्तकर्ता अपनाइएको र प्रहरीले गस्ती समेत थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ