arrow

ओलीलाई आरजुको जवाफ : ‘नपाउनेले केरा पायो बोक्रा सहित खायो'

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
oli.png

धनगढी(कैलाली)। प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेस सदस्य आरजु राणा देउवाले ७ नंबर प्रदेशको विकास नेपाली कांग्रेसको पालामा भएको र त्यसको जस प्रधानमन्त्री शेरबहादुर देउवालाई जाने बताएकी छन् ।

उनले एमाले अध्यक्ष केपी ओली ७ नंबर प्रदेशको बारेमा अनविज्ञ रहेको बताउदै ‘ देउवाले  डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केहि गरेन् भन्नु हास्यास्पद’ रहेको टिप्पणी गरिन् ।

‘केपि ओलीले डडेल्धुरा पुगेर शेरबहादुरले केहि नि गरेन् भनेर भाषण गर्नु भयो रे’ कार्यक्रमलाई सम्वोधन गर्दै उनले भनिन् ‘मलाइ लाग्छ उहाँ यो क्षेत्रमा कहिल्यै आउनुभएको थिएन् ।’

‘ बाम गठबन्धनका नेताले ठूलो त्यागपछि ल्याएको संविधान च्यात्छु,फाल्छु भन्दै कराउँदै छन्’ उनले ओलीलाई लक्षित गर्दै  भनिन्‘फेरी राजा बन्ने सपना कसैले नदेखे हुन्छ, देउवाले थप्नुभयो ‘नपाउनेले केरा पायो बोक्रा सहित खायो भनेको यही हो’  ।  

नेतृ देउवाले पञ्चायतकालसम्म राजधानी जान पनि भारत भएर जानुपर्ने यसक्षेत्रमा पुल, सडक, स्वास्थ्य चौकी, स्कूल, कलेज सबै नेपाली कांग्रेसको सरकारको पालामा बनेको र अझ धेरै कुरा गर्न बाँकी रहेको बताइन् ।

उनले पश्चिम सेती, पञ्चेश्वर आयोजना अगाडि बढाउने काम कसले गरेको हो भनेर ओलीलाई सोध्ने मन भएको बताइन् ।  

‘विकासका जति काम भएका छन् सबै कांग्रेसकै पालामा भएका छन्’ उनले भनिन् ‘यो क्षेत्रको विकासका लागि अरु पार्टीले सिन्कोसम्म भाँचेका छैनन्’ । उनले प्रदेश नम्बर ७ को गौरीफण्टा र गड्डा चौकी नाका फराकिलो पार्न देउवाले थुप्रै पहल चालेको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ