arrow

मतदानस्थल र गणनास्थलमा दलको प्रतिनिधि राख्न नदिइने

उम्मेदवारको एक जना प्रतिनिधि मात्रै

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौं । मतदान र मतगणनामा दलीय प्रतिनिधि राख्ने विषयमा विवाद हुन थालेपछि निर्वाचन आयोगले नयाँ निर्णय सर्कुलर गर्दै छ ।

वाम गठन्धनमा आवद्ध दलहरुले मतदानस्थल र मतगणनास्थलमा दलीय प्रतिनिधि राख्न पाउनु पर्ने विषय झिकेपछि आयोगले नयाँ सर्कुलर गर्न लागेको हो ।

आयोगले गठबन्धन वा दलीय प्रतिनिधि भइ उम्मेदवारको एक जना मात्रै प्रतिनिधि राख्न सकिने निष्कर्ष निकालेको छ । नुवाकोट लगायतका जिल्लाहरुबाट यो विषय उठान भएपछि आयोगले विकल्प खोजेको हो ।

वाम गठबन्धनमा आवद्ध दलहरुले दलीय प्रतिनिधि राख्न पाउनु पर्ने माग गरेका छन् । आयोगले दलीय प्रतिनिधि राख्न नसक्ने प्रस्ट्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ