arrow

हवाई कार्वाहीमा दर्जनभन्दा बढी बिद्रोही मारिए

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
death-body-new.jpg.jpeg

जलालाबाद  ।  अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा शुक्रबार हसाक मिना जिल्लामा भएको हवाई कारबाहीमा परी १३ भन्दा बढी इस्लामिक स्टेट्सका आतङ्ककारी मारिएका छन् । एक आधिकारीक स्रोतले त्यो जानकारी दिएको छ । 

शुक्रबार साँझ हसाक मिना जिल्लाको गगारी क्षेत्रमा भएको एक हवाई कारबाहीमा १३ आइएस लडाकू मारिएका प्रान्तीय गर्भनर आताउल्लाह ओगयानीले बताएका छन् । 

यस कारबाहीको क्रममा सर्वसाधारण नागरिकको भने कुनै हताहती नभएको एक सरकारी अधिकारीले जानकारी दिएको छ । 

यस कारबाहीको विषयलाई लिएर आइएस आतङ्ककारी समूहले हालसम्म भने कुनै टिप्पणी नगरेका बताएइएको छ । सिन्ह्वा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ