arrow

नेपाली युवा बैज्ञानिक दाजुभाइ राम लक्ष्मणले सगुनको बारेमा के भने (भिडियो)

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
sagoon_final_logo.jpg

काठमाडौं । सूचना प्रबिधि क्षेत्रमा अनुसन्धान र विकासमा लागि परेका युवा बैज्ञानिक रिमाल दाजुभाइ राम लक्ष्मणले सामाजिक सञ्जाल सगुनलाई शुभकामना दिदै साथ र सहकार्य गर्न सकिने बताएका छन ।
 
राम लक्ष्मण सधैं नयाँ प्रविधि आविश्कारमा लागि रहन्छन् । राजधानीमा गुड्ने  महानगरलगायतका बसमा जिपिएस सिस्टमबाट कुन ठाउँमा आइपुगियो भनेर बताउने मेसिन तपाईंहरुले यात्राका क्रममा देख्नु भएकै होला । यस्ता आविस्कार गरेर चर्चामा आएका राम लक्ष्मण नेपालीले अमेरिकामा स्थापना गरेको आइटी कम्पनी सगुनबारे निकै आशाबादी देखिएका छन् । उनीहरुको सर्वाधिक सफल कम्युनिटी साइरन देखि लिएर टेलिफोनको तार चोरी रोक्न बनाएको प्रविधि, ‘हतियार भण्डारणका लागि सुरक्षागार्ड’ स्वचालित मोटर अपरेटर, बाढी र सुनामी सूचक यन्त्र, ‘मकै छर्ने मेसिन’ लगायतका आविस्कारले नेपालीको दैनिकीलाई सहज बनाउन लागि परेका छन ।

‘बाहिरबाट फलफूल किनेर ल्याए पनि घरको करेसामा आफैंले रोपेको विरुवाले कहिले फल देला भनेर हामी कुरेर बस्छौं,’ रामले भने, ‘सगुनले त्यस्तै फल दिने लक्षण देखाएको छ । हामी त्यही कुरेर बसेका छौं ।’ सगुन सामाजिक संजाल हुँदै हो, यसले प्रयोगकर्तालाई समय खर्चेको आधारमा प्रतिफल दिने फरक योजना अघि सारेको छ । सगुन इकमर्स तथा समाजिक सञ्जालको रुपमा अमेरिकामा बस्ने नेपालीले सुरु गरेको एक छुट्टै सामाजिक सञ्जाल हो ।  दैनिक जीवनलाई सहज बनाउन मोवाइल एस्स समेत तयार गरिरहेको छ । यसले भारतको बैंज्ञानिकहरुसग मिलेर एपबाटै मोवाइल चार्ज गर्ने प्रविधिको अनुसन्धान समेत गरिरहेको छ ।

सगुनले अहिले अमेरिकाबाट सेयर निस्कासन गरेको छ । विश्वभरबाट लगानी जुटाइरहेको छ । यही नोभेम्बर महिनाभरि यसको सेयर खुल्ला रहने बताइएको छ । सगुनको सेयरमा लगानी गर्न चाहनेले   www.sagoon.com/invest मा गएर आवेदन गर्न सक्छन् । नेपालभित्रबाट लगानी गर्न नसकिए पनि बिदेशमा बैक खाता भएका गैर आवसिय नेपालीहरुले भने वायर ट्रान्फर वा क्रेडिट/डेबिट कार्डमार्फत लगानी गर्न सक्छन्  । बिश्वभरबाट लगानी जुट्ने क्रम तिब्र रुपमा भैरहेको छ । सगुनमा लगानी गर्नेहरुमा गैर आवसिय नेपालीहरु नै अग्र पंङ्तिमा रहेका छन् ।

नेपाली युवा बैज्ञानिक दाजुभाइ राम लक्ष्मणले सगुनकोबारे के भने त भिडियो हेर्नुहोस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ