arrow

पुत्रवियोगपछि ‘प्रचण्ड’ घरदैलोमा, वीपी र गिरिजाको नाम लिएर भोट माग्दै

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
prachand_chit.jpg

भरतपुर । छोरा प्रकाशको निधनको वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबारबाट आफ्नो चुनावी अभियान गरेका छन् ।

अध्यक्ष दाहालले चितवनको प्रतिष्ठित बखान सहकारीका अध्यक्ष मोहनसिंह लामा लगायत डेढ सय कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । शनिबार बिहान नै अध्यक्ष प्रचण्डले भरतपुर–२६ को ज्योतिनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।

ज्योतिनगरको सभालाई सम्बोधन गर्दै दाहालले “यो क्षेत्रमा कांग्रेसको उम्मेदवार छैन । तपाईहरु वीपीलाई सम्मान गर्नुहुन्छ भने समाजवादका लागि सङ्घर्ष गर्ने प्रचण्डलाई भोट दिनु पर्छ । शान्ति प्रक्रियाका २ हस्ताक्षर मध्ये म जीवित छु । तपाईहरुले गीरिजा बाबु र शान्ति प्रक्रियालाई सम्मान गर्नुहुन्छ भने मलाई भोट दिनुपर्छ । गणतन्त्रबाट पछि फर्केर कांग्रेस र लोकतन्त्रको हित हुँदैन ।’

शनिबार दिनभर अध्यक्ष प्रचण्डले भरतपुर–२६ का विभिन्न टोलमा घरदैलो गरे ।  अभियानको क्रममा मतदाताले उनलाई पुष्पगुच्छाले स्वागत गर । पुत्रवियोगमा रहेका कारण अध्यक्ष प्रचण्डले माला र खादा भने लगाएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ